२० भाद्र २०८३, शनिबार
,
Latest
खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले समानुपातिकमा ४० वर्ष मुनिका युवालाई २७ प्रतिशत र प्रवासी नेपालीलाई १० प्रतिशत स्थान दिने



अ+ अ-

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने व्यवस्था गर्न र आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई निष्पक्ष बनाउन सरकारलाई सुझाव दिएको छ ।

चितवनमा सम्पन्न रास्वपाको विस्तारित बैठकले उम्मेदवार छनोटदेखि प्रचारसम्मका सबै प्रक्रिया पारदर्शी बनाउने र युवाको सहभागिता बढाउने निर्णय गरेको छ ।

रास्वपाले समानुपातिक उम्मेदवारको सूचीमा २५–४० वर्षका युवालाई २७ प्रतिशत र प्रवासी नेपालीलाई १० प्रतिशत स्थान दिने निर्णय पनि गरेको छ ।

बैठकले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोधका कारण मुद्दा लगाइएको भन्दै निष्पक्ष छानबिनको माग पनि गरेको छ ।

दुई दिनसम्म चलेको बैठकमा देशभरबाट करिब ४ सय प्रतिनिधि सहभागी थिए ।

बैठकमा कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति डा. स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, सह–महामन्त्री विपिनकुमार आचार्य र सचिवालय सदस्य दीपक बोहराले विभिन्न प्रतिवेदन पेस गरेका थिए । ती प्रतिवेदनमाथि समूहगत छलफल गरी सुझावहरू केन्द्रीय समितिमा पठाइने भएको छ ।

बैठकले निकालेका ११ बुँदे निष्कर्ष–