२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन

जेन–जीलाई पूर्वसचिव त्रितालको पत्र : आग्रह, पूर्वाग्रह त्याग्नुहोस्, तपाईंहरु जवाफ दिने ठाउँमा हुनुहुन्छ

जेन–जीलाई पूर्वसचिव त्रितालको पत्र : आग्रह, पूर्वाग्रह त्याग्नुहोस्, तपाईंहरु जवाफ दिने ठाउँमा हुनुहुन्छ
अ अ+ अ-

काठमाडौं । पूर्वसचिव शारदाप्रसाद त्रितालले जेनजीहरुलाई आग्रहपूर्वाग्रह त्यागेर जिम्मेवार बन्न आग्रह गरेका छन् । उनले जेन–जीहरु प्रश्न सोध्ने नभएर कुरा सुन्ने र जवाफ दिने ठाउँमा भएको बताएका छन् ।

पूर्वसचिव त्रितालले आज सामाजिक सञ्जालमार्फत् धाकधम्की, तुक्कातुक्की र अहंकारपूर्ण बोली र व्यवहार देखाउने जिम्मेवारी गुण्डु कुटीवालाहरुलाई नै छाडिदिन आग्रह गरेका छन् ।

उनले भ्रष्ट नेता तथा अन्य अवैध सम्पत्तिवालाको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्न ढिलाइ भइरहेको तर्फ सरकारको ध्यानाकर्षण गराउन पनि सुझाव दिएका छन् ।

पूर्वसचिव त्रितालले सामाजिक सञ्जालमा लेखेका छन्–

जेन–जी युवाहरु,

अव तपाइँहरु जवाफ दिने ठाउँमा हुनुहुन्छ नि !

तपाइँहरुको छोटो तर प्रभावशाली आन्दोलन दशकौंदेखि भ्रष्टाचार र अहंकारको पर्याय बनेका नेताहरुलाई धुलिसात गराउन सफल भयो । यो ज्यादै ठूलो सफलता हो ।तथापि, तपाइँहरुको आन्दोलनमा भएको घुसपैठका कारण राष्ट्रको सम्पत्तिमा धेरै ठूलो हानिनोक्सानी पनि भयो ।

तपाइँहरुको सिफारिसमा बनेको सरकार छ । त्यसर्थ, अव तपाइँहरु प्रश्न सोध्ने होइन, कुरा सुन्ने र जवाफ दिने ठाउँमा हुनुहुन्छ ।

अव तपाइँहरुको बोली र व्यवहारमा शालिनता, सहनशिलता, वस्तुपरकता र सहयोगी तथा समन्वयात्मक भाव हुनु र देखिनु आवश्यक छ । आग्रह, पूर्वाग्रह अव त्याग्नुहोस् । धाकधम्की, तुक्कातुक्की र अहंकारपूर्ण बोली र व्यवहार देखाउने जिम्मेवारी गुण्डु कुटीवालाहरुलाई नै छाडिदिनुहोस् ।

अव तपाइँहरुको जिम्मेवारी आफ्नै सरकारलाई सघाउने र सजग गराउने हो ।

तपाइँहरुको आन्दोलनको मिसन भ्रष्टाचारको नियन्त्रण र सुशासन थियो । त्यसको लागि तपाइँहरुले सरकारलाई सोही अनुसार काम गर्न सहयोग र सजग गराउनुपर्छ ।

सर्वप्रथम, मन्त्रिपरिषदका सदस्यको सम्पत्ति विवरण सार्वजनिक गराउन ढिला भइसकेको कुरा सम्झाउनु होस् । भ्रष्टाचार नियन्त्रण र सुशासनको पहिलो कदम यही हो । यो भएन भने सरकारप्रतिको जनविश्वास नकारात्मक हुँदै जान्छ र परिस्थिति नियन्त्रण बाहिर पनि जान सक्छ भन्ने कुरामा हेक्का राख्नुहोस् ।

दोस्रो विषय, भ्रष्ट नेता तथा अन्य अवैध सम्पत्तिवालाको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्न पनि विलम्ब भइरहेको छ । यस विषयमा सरकारको ध्यानाकर्षण गराउनु पर्ने देखिन्छ ।

सरकारले पाएको म्यान्डेट अनुरुप स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित निर्वाचन गर्न, गराउन उपयुक्त वातावरण निर्माण गर्ने तर्फ ध्यान दिनुहोस । यसका लागि तपाइँहरुका बीचमा नै विश्वसनीय एकता देखिनु आवश्यक छ । पुराना दलहरुमा जस्तो गुट, उपगुटमा विभाजित भएर ङारङारङुरङुर गर्नतिर लाग्नुभयो भने तपाइँहरुको आन्दोलनको औचित्यमा नै प्रश्न उठ्ने छ ।

सबै दलका युवा र इमान्दार नेता तथा कार्यकर्तासँग छलफल र अन्तरक्रिया गर्ने व्यवस्था मिलाउनुहोस् ।

मतदाता नामावलीमा नाम दर्ता गराउन बाँकी सबै योग्य मतदातालाई सहयोग गर्नुहोस् ।

तपाइँहरुको मिसनमा सफलता पाउने एउटा महत्वपूर्ण हतियार आगामी निर्वाचन हो । त्यसपछि तपाइँहरुले चाहे अनुरुपको सरकार बन्न सक्ने आधार यही नै हो ।