• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड ★   रास्वपा महामन्त्री ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक–पूर्णपाठसहित ★   गगनको दाबी: प्रधानमन्त्रीले अर्को दलसँग सहकार्य गर्ने पहल थालेपछि गठबन्धन भत्कियो ★   केमोथेरापीअघि कपाल त्याग गर्दै हिना खानले भनिन्: म जित्ने आँट गर्दैछु

पुस २७ मा सार्वजनिक विदा दिन राप्रपाको माग



काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस घोषणा गरी सार्वजनिक बिदा दिन आफू सकारात्मक रहेको बताउनु भएको छ ।  

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री देउवाले भन्नुभयो, "मैले २०७४ सालमा पनि बिदा दिएको हुँ, अहिले गठबन्धनको सरकार छ म सल्लाह गर्छु ।"

राप्रपाले पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिन र उक्त दिनलाई पर्वको रुपमा मनाउन  प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आज ज्ञापनपत्र पेश गरेको राप्रपा नेता मोहन श्रेष्ठले जनाकारी दिनुभयो । 

अध्यक्ष लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरि ज्ञापनपत्र बुझाएको हो ।

मुलुकमा गणतन्त्र स्थापना भएयता पृथ्वी जयन्ती मनाउने विषयमा विवाद हुँदै आएको छ । तथापी नागरिक स्तरबाट पृथ्वी जयन्तीका अवसरमा देशभर विभिन्न कार्यक्रम गर्ने र त्यसमा राज्यका विशिष्ट पदाधिकारीकै उपस्थिति समेत रहने गरेको छ ।

यस अवसरमा नेपाली सेनाले औपचारिक रुपमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यलाई निरन्तरता दिइआएको छ ।