२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन

कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन

कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री मोहम्मद अफताव आलमको ६३ वर्षको उमेरमा निधन भएको छ ।

एक महिनादेखि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएका आलमको आज निधन भएको हो । उनको स्वास्थ्य अवस्था खराब भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेका थियो ।

उच्च रक्तचाप, सुगरलगायत स्वास्थ्यमा समस्या देखिएपछि आलमलाई दसैंअघि देखि भर्ना गरिएको थियो । पछिल्लो एक सातादेखि आलमको स्वास्थ्यमा थप समस्या खराब बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

आलमको डेढ महिना अघि भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराइएको थियो । त्यहाँ स्वास्थ्यमा सुधार आएपछि घर ल्यइएको थियो । तर केही समयपछि अवस्था खराव भएको हो ।

गएको जेठ १४ गते नख्खु कारागारबाट छुटेको केही दिनमै उनलाई मस्तिष्कघात भएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । एक साता बढी आईसीयूमा राखेर उपचारपछि डिस्चार्ज भएका आलमलाई दसैंअघि थप उपचारको लागि भारत लगिएको थियो ।

पुरानै समस्या बल्झिएपछि आलमलाई केएमसी अस्पतालमा भर्ना गरिएको थियो ।

२०६४ चैत २७ गते पहिलो संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा रौतहटको राजपुरमा बम विस्फोटमा परेका यमुनामाई गाउँपालिका घर भएका घाइतेद्वय पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपुत र ओसी अख्तरलाई इँटाभट्टामा जलाएर हत्या गरेको कसुरमा जन्मकैदको सजाय पाएका पूर्वमन्त्री आलमसहित चार जनालाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले रौतहटको फैसला उल्ट्याउदै गएको जेठ १४ गते सफाइ दिएको थियो ।

त्यसलगत्तै उनी नख्खु र भाइ महताब गौर कारागारबाट छुटेका थिए । आलमका दाजुभाइसहित शेख सराज र बद्री सहनीले पनि सफाइ पाएका छन् । झण्डै ६ वर्ष जेल बसेका आलमलाई नख्खुबाट बाहिरिएको केही दिन मै मस्तिष्कघात भएको थियो । जिल्ला अदालत रौतहटका तत्कालीन न्यायाधीश मात्रिकाप्रसाद आचार्यको एकल ईजलासले उनीहरुलाई २०८१ वैशाख १४ गते जन्मकैदको फैसला सुनाएको थियो ।

घटनामा फरार भनिएका मोहम्मद मोबिन, शेख फजले, शेख भदै, साहिल आलम र शेख जुमैको मुद्दा मुल्तवीमा राख्ने आदेश गरेका थिए । जन्मकैदको फैसला पछि आलम परिवार जिल्लाको आदेशविरुद्ध उच्च अदालत जनकपुरको वीरगन्ज इजलास पुगेका थिए ।

तत्कालीन कांग्रेस नेता शेख ईद्रिसको राजनिति उर्वर भूमिको रुपमा चित्रण गरिएको रौतहट क्षेत्र नम्बर २ मा आलमले लगातार चुनाव जित्दै आएका थिए । दोस्रो संविधानसभा निर्वाचनमा भने आफ्नै भान्जा मुस्ताक राजाले परास्त गरे । २०७४ को संसदीय निर्वाचनमा भान्जा मुस्ताकबाट राजनीतिक विरासत फिर्ता लिए । उनले उक्त क्षेत्रबाट ४ पटक प्रतिनिधित्व गरिसकेका छन् ।

उनको बुवा मोहम्मद सिद्धिकि बेदिल र मजबु नेसाको मृत्यु भइसकेको छ । आलमका दुई दाजु भाई हुन । उनको कान्छो भाई महताब आलम हुन् । महताब गाउँकै जनता माविमा पढाउँथे । शिक्षकबाट राजीनामा दिएर महताब पनि राजनीतिमा होमिए । दुई पटक कांग्रेसको जिल्ला सभापतिमा लडेर पराजित भए ।