२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक मापदण्डभित्रका घरटहरा हटाउन आग्रह



अ+ अ-

गुल्मी । यहाँस्थित रुरुक्षेत्र गाउँपालिकाले सडक स्तरोन्नति सहज र प्रभावकारी बनाउन सडक मापदण्डभित्र पर्ने घरटहरा तथा संरचना हटाउन सम्बन्धित बासिन्दालाई अनुरोध गरेको छ ।

मदन भण्डारी राजमार्ग योजना कार्यालयले सडक मापदण्डभित्र पर्ने घरटहरा, पसल र अन्य संरचनाहरुले सडक निर्माणमा अवरोध पु¥याइरहेकाले गाउँपालिकालाई समयमै उक्त संरचना हटाइदिन पत्राचार गरेको थियो ।

सोही पत्राचारलाई आधार मान्दै रुरुक्षेत्र गाउँपालिका–१ को रिडीबजार, वडा नं ३ को पानीट्यांकी क्षेत्र तथा वडा नं ४ अन्तर्गत आमपोखरा र बलेटक्सार बजार क्षेत्रमा सडकको मापदण्डभित्र पर्ने घरटहरालगायतका संरचना हटाउन सूचना जारी गरिएको गाउँपालिकाले जनाएको छ ।

निर्माणमा ढिलाइ हुँदा क्षतिपूर्ति उपलब्ध गराउने काममासमेत ढिलाइ हुनसक्ने जनाउँदै उक्त कार्यमा सहयोग गर्न स्थानीयलाई आग्रह गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनुभयो ।

२०७९ फागुन २६ मा समानान्तर–एलाइट जेभी काठमाडौँमार्फत रु एक अर्ब ५० करोडको लागतमा सडक स्तरोन्नति गरिरहेको छ ।

रुरुक्षेत्र गाउँपालिकाको रिडीदेखि गुल्मी दरबार गाउँपालिकाको रुन्खादहसम्म २५ किलोमिटर सडकखण्डमा आउँदो फागुन महिनासम्म कालोपत्र सम्पन्न गरिने मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका सूचना अधिकारी एवं इञ्जिनियर हुमनाथ पौडेलले जानकारी दिनुभयो । रासस