१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य फेरि उकालो



अ+ अ-

काठमाडौँ ।सुनको मूल्य उकालो लाग्न थालेको छ ।

अघिल्लो दिन बिहीवार ६०० रुपैयाँले बढेको सुन आज पनि सोही मूल्यले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रवार ६ सय रुपैयाँले बढेर एक तोलाको २ लाख ३८ हजार ४ सय कायम भएको छ ।  बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ३७ हजार ८ सय पुगेको थियो ।

सुनको मूल्यसँगै चाँदीको पनि मुल्य बढेको छ । महासंघका अनुसार १० रुपैयाँले बढेर एक तोलाको ३ हजार २० रुपैयाँ पुगेको हो । दसै तिहार अघिसम्म सुनको भाउ निरन्तर बढेपनि बीचमा सुनको भाउ घट्न थालेको थियो तर फेरि दुईसाता अघिबाट भाउ बढ्न थालेको छ ।