१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै

समयमै आँखा परीक्षण गरौं, अन्धोपनबाट बचौँ

समयमै आँखा परीक्षण गरौं, अन्धोपनबाट बचौँ
फाइल फोटो
अ अ+ अ-

काठमाडौं । समय अघिनै जन्मिएका नवजात शिशुको २८ दिन भित्र आँखा परिक्षण गराउन नेत्र चिकित्सकहरूले सुझाब दिएका छन् । तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूले समय अघिनै जन्मिएका शिशुमा दृष्टि गुमाउने सम्भावना उच्च रहने हुदाँ जन्मेको २८ दिनभित्रै शिशुको आँखाको परीक्षण गर्न सके जीवनभरको दृष्टि सुरक्षित राख्न सकिने जनाएका छन् ।

तिलगंगा आँखा प्रतिष्ठानले विश्वभर मनाइने विश्व मधुमेह दिवस (नोभेम्बर १४) र समय अघिनै जन्मिएका नवजात शिशु दिवस (नोभेम्बर १७) को अवसरमा सप्ताहव्यापी सचेतनामूलक कार्यक्रमहरुका बारेमा जानकारी दिन आयोजित कार्यक्रममा चिकित्सकहरुले सम्भब भएको उपचारमा पनि जनचेतनाको कमिले गर्दा प्रभाबकारी कार्यन्वयन हुन नसकेको बताउनु भयो ।

प्रतिष्ठानका वरिष्ठ नेत्र–विशेषज्ञ डा.रबा थापाका भन्नुहुन्छ- “मधुमेहका कारण आँखाको पर्दामा क्षति हुने ‘डायबेटिक रेटिनोप्याथी’ रोग समयमै पत्ता नलागे व्यक्तिले जीवनभरको दृष्टि गुमाउने जोखिम रहन्छ । नियमित आँखा परीक्षण र सन्तुलित जीवनशैली अपनाएर यस जोखिमलाई रोक्न सकिन्छ ।”

उहाँका अनुसार मधुमेह र समयपूर्व जन्मिएका शिशुहरूमा दृष्टि ह्रास र अन्धोपनको जोखिम तीव्र रूपमा बढ्दै गएकोले यस अभियानले जनस्तरमा समयमै परीक्षण र उपचारका माध्यमबाट दृष्टि जोगाउने सन्देश फैलाउने उद्देश्यले अभियान संञ्चालन हुन लागेको हो ।

“कार्यस्थलमा मधुमेह: थप बुझौं र रोकथाम गरौं” भन्ने नाराका साथ प्रतिष्ठानले नोभेम्बर ८ देखि १६ सम्म सप्ताहव्यापी जनचेतना अभियान सञ्चालन गर्ने लागेको छ ।

कार्यक्रममा डा थापाले भन्नुभयो “समय अघिनै जन्मिएका शिशुमा दृष्टि गुमाउने सम्भावना उच्च हुन्छ । जन्मेको २८ दिनभित्रै शिशुको आँखाको परीक्षण गर्न सके जीवनभरको दृष्टि सुरक्षित राख्न सकिन्छ ।”

उहाँले भन्नुभयो- समय अगावै जन्मने बच्चाहरुलाई एनआईसियुमा राखी अक्सिजन, माक्स लगाउने देखि भेन खोल्नुपर्ने लगायतका औषधिहरु प्रयोग गर्नुपर्ने हुन्छ । यस्ता बच्चाहरु बचाउँन सकियो आँखाको समस्या बढ्दो रुपमा देखिएकाले आँखा समस्यालाई पनि जोगाउँन समयमै उपचार गर्नुपर्छ । २८ दिन पछि परिक्षण गर्नुले नवजात शिशुको आँखा बचाउँन नसकिने हुँदा समयमै चिकित्सक, नर्स, अभिभावक सबैले सचेत गराई आँखा परिक्षण गरि जीवन भरि अन्धोपनबाट जोगाउँन सकिन्छ ।

कार्यक्रममा अर्का चिकित्सक डा. इलि प्रधानले भन्नुभयो “नेपालमा मधुमेहका बिरामीहरू तीव्र गतिमा बढ्दै गइरहेका छन् । हरेक मधुमेह भएका व्यक्तिले वर्षमा कम्तीमा एकपटक आँखा परीक्षण गर्न अनिवार्य हुनुपर्छ ।”

उहाँले भन्नुभयो -समयपूर्व जन्मिएका शिशुको दृष्टि जोगाउने सुनौलो अवसर पहिलो २८ दिनभित्र अनिवार्य हुनुपर्छ । नोभेम्बर १७ मा मनाइने विश्व समयपूर्व जन्मिएका नवजात शिशु दिवसका अवसरमा प्रतिष्ठानले देशभरका नवजात शिशु उपचार केन्द्र, बाल–चिकित्सक तथा स्वास्थ्यकर्मीहरूसँग सहकार्य गर्दै रेटिनोप्याथी अफ प्रिम्याच्युरिटी सम्बन्धी सचेतनात्मक पहललाई प्राथमिकतामा राखेको छ ।

उहाँले भन्नुभयो “समयपूर्व जन्मिएका शिशुको आँखाको परीक्षण २८ दिनभित्र अनिवार्य गरिनुपर्छ । प्रारम्भिक उपचारले दृष्टि कमजोरी रोक्न अत्यन्तै सहयोगी हुन्छ । परिवार र हेरचाह गर्ने व्यक्तिहरूको सक्रिय सहकार्य शिशुको उज्यालो भविष्यका लागि अपरिहार्य हुन्छ ।”

कार्यक्रममा प्रमुख प्रशिक्षक अधिकृत पिताम्बर अधिकारीले अन्धोपन रोकथाममा सामूहिक उत्तरदायित्व हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो “दृष्टि प्रत्येक नागरिकको मौलिक अधिकार हो । समुदायका जिम्मेवार सदस्य, स्वास्थ्यकर्मी, स्वयंसेवक र सरोकारवाला संस्थाहरूले हातेमालो गरी स्वस्थ दृष्टिको अधिकार सुनिश्चित गर्न अग्रसर हुनुपर्छ ।”

उहाँले भन्नुभयो -अस्पतालले आर्थिक अवस्था कमजोर रहेका बिरामीहरूका लागि सहुलियत सेवाको निरन्तर व्यवस्था समेत गर्दै आएको छ ।

अस्पतालले बिरामीको चाप र समयको मागलाई मध्यनजर गर्दे मंसीर १ गते देखी सन्ध्याकालीन सेवा साँझ ४: ३० बजे देखि ७:०० बजे सम्म संचालन गर्न लागेको छ ।