२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो आफ्नो अफिसियल एन्थम



अ+ अ-

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि सुदूरपश्चिम रोयल्सले आफ्नो अफिसियल एन्थम सार्वजनिक गरेको छ ।

सुदूरपश्चिमको स्थानीय भाषा समेटेर तयार पारिएको उक्त एन्थममा ‘खेल्ल पड्यो, लड्ड पड्यो, जित्त पड्यो’ भन्ने लय राखिएको छ । डीएनएक्सले स्वर दिएको यस गीतको शब्द र संगीत दिनेश नेपालीले तयार पारेका हुन् । यसको उत्पादन र रेकर्डिङ कपास स्टुडियोमा गरिएको हो ।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकार खड्काले यस एन्थमले सुदूरपश्चिमका समर्थकहरूलाई टिमसँग अपनत्वको महसुस गराउने र मैदानमा थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘यो एन्थमले सुदूरपश्चिमका समर्थकलाई अपनत्वको महसुस गराउनेछ र मैदानमा झनै ऊर्जा निकाल्नेछ ।’

सुदूरपश्चिम रोयल्सको टोली:
खेलाडी: दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन।

मुख्य प्रशिक्षक: जगत टमटा