१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र… जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन उम्मेदवारी फिर्ताले फेरियो रास्वपाको महामन्त्री प्रतिस्पर्धा रास्वपाको उपसभापति पदमा सोबिता र तोसिमाबीच प्रतिस्पर्धा आँधीले जापानमा उडान प्रभावित रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर रास्वपाको सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी अर्घाखाँचीमा ६० हजार टिमुरका बिरुवा रोपिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एका बिहानै सुरक्षकर्मी निवासमै छाडेर मन्त्री भट्ट छड्के अनुगमनमा निस्केपछि…(फोटो फिचर)



अ+ अ-

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट छड्के अनुगमनमा निस्किएका छन् । बुधबार बिहान मन्त्री भट्ट सुरक्षकर्मी नलिई निजी गाडीमा राजधानीका एकान्तकुना, महालक्ष्मीस्थान, कलंकी, नागढुंगा, कालीमाटी हुँदै त्रिपुरेश्वरसम्म पुगेका हुन्।

मन्त्री भट्टले कलंकीको एउटा ग्यास उद्योग, जाउलाखेल त्रिपुरेश्वरसम्म करिब २० भन्दा बढी पट्रोल पम्प तथा कालीमाटी तरकारी बजारमा अनुगमन गरेका हुन्।

अनुगमनका क्रममा मन्त्री भट्टले अधिकांश पेट्रोल पम्पहरुले प्लास्टिकको जर्किन तथा ठूला ड्रममा समेत तेल भरेको भेटिएका छन् । व्यवसायीहरुले पनि उपभोक्ताले भण्डारण गर्न खोज्दा बजारमा इन्धनको अभाव देखिएको बताएका हुन्।

सरकारी कार्यालयको प्रयोजनका लागि भन्दै इन्धन भण्डारण गर्न किन्न आएको पनि भेटिएपछि मन्त्री भट्टले त्यसरी तेल किन्न आउनेहरुको विवरण लिएर मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको अनुगमन टोलीमा रहेका एक सदस्यले बताए । केही पम्प सञ्चालकलाई भने सम्झाएर छाडिएको छ ।

यस्तै कालीमाटी तरकारी बजारको अवस्था भने सामान्य पाइएको मन्त्रालयले जनाएको छ ।