१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा उपसभापतिमा सोविता विजयी मुख्यमन्त्रीलाई हात्तीबाट पीडितले बुझाए ज्ञापन पत्र कार्यसम्पादन मूल्याङ्कनमा मनाङ पहिलो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग स्थानीयको भावनाअनुरुप विभिन्न विषय र सङ्काय थप गर्छाैः मन्त्री पोखरेल राजमार्गमा भएका अतिक्रमण हटाउन निर्देशन रास्वपा पदाधिकारी निर्वाचनमा कम मत, १ हजार २८९ प्रतिनिधिले मात्रै गरे मतदान शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी लगातार तेस्रोपटक स्थगित भयो प्रतिनिधिसभा बैठक, आइतबार बिहान ११ बजे बस्ने काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहित्य, कला र सङ्गीतले मुलुकलाई विश्वसँग जोड्छ : मन्त्री कार्की



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साहित्य, कला र सङ्गीतले मुलुकलाई विश्वसँग जोड्ने बतउनुभएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा यहाँ आज आयोजित पुस्तक विमोचन समारोहमा सञ्चारमन्त्री कार्कीले कलाकृति मुलुकको सम्पति भएको उल्लेख गर्दै यसको महत्व अझै बढाउनुपर्नेमा जोड दिनुभयो । सरकारका प्रवक्ता रहनुभएका मन्त्री कार्कीले मुलुकका शान्ति, अमनचयन, सुशासन कायम भएपछि समृद्धि हुने र त्यसले कला साहित्यको विकासमा पनि योगदान गर्ने बताउनुभयो । 

उहाँले नेपाली समाजलाई पढ्ने समाज बनाउन जरुरी रहेको औँल्याउँदै पुस्तक किन्ने संस्कृतिको विकास गर्नु पनि उत्तिकै जरुरी रहेको बताउनुभयो । मन्त्री कार्कीले देशको सम्पदा मुलुक र जनताको हितमा प्रयोग गर्न सकिने गरी रुपान्तरणको आवश्यकता रहेको पनि बताउनुभयो ।

समारोहमा उहाँले डा रामकुमार भौकाजीद्वारा लिखित ‘समस्यामा नेपाली कला र कलाकार’, डा यमप्रसाद शर्माद्वारा अङ्ग्रेजीमा लिखित ‘सोसिएल पोलिटिक्स् डाइनामिक्स अफ नेप्लिज पेन्टिङ्स्’ र ‘नेपाली मूर्तिकला विकासमा ठाकुरप्रसाद मैनाली’ पुस्तकको विमोचन गर्नुभएको थियो ।

समारोहमा पुस्तकबारे टिप्पणी गर्दै कला लेखक मुकेश मल्लले पुस्तकमा कलाकारका लेख बढी राख्नुभन्दा अनुसन्धानमूलक पुस्तक आजको आवश्यकता भएको औँल्याउनुभयो । लेखक डा यमप्रसाद शर्मा, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य र सदस्य सचिव विपीनकुमार घिमिरेले भनाइ राख्नुभएको थियो । रासस