२४ कार्तिक २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात दिनभित्र बहाल चुक्ता नगरे सामान जफत गर्ने खड्का ल्यान्डलाई नेपाल स्काउटको चेतावनी



अ+ अ-

काठमाडौं । नेपाल स्काउटको प्रधान कार्यालयले आफ्नै स्वामित्वमा रहेको जग्गा र सो जग्गामा निर्माण भएका संरचना प्रयोगकर्तालाई सात दिनभित्र बहालको बक्यौता रकम तिर्न ताकेता गरेको छ ।

युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको नेपाल स्काउटले रकम चुक्ता गर्न भनेको हो । अन्यथा जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरु जफत गर्ने चेतावनी स्काउटको प्रधान कार्यालयले दिएको छ ।

स्काउटले आज सार्वजनिक सूचना जारी गर्दै स्काउटको जग्गा र त्यहाँका संरचना खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले भाडामा सञ्चालन गर्दै आएको तर बहाल नतिरेको उल्लेख छ ।

भाडा चुक्ता नगर्दा स्काउटलाई अपूरणीय क्षति पुगेको सूचनामा उल्लेख छ । त्यसैले सात दिनभित्र बहालको बक्यौता रकम तिर्न अन्तिम मौका प्रदान गरिएको सूचनामा उल्लेख छ ।

स्काउटको जग्गा कांग्रेस नेता एवम् पूर्व ऊर्जामन्त्री दीपक खड्काको कम्पनी खड्का ल्याण्ड प्रालिले कब्जा गर्दै आएको आरोप लाग्दै आएको छ ।

नेपाल स्काउटले आज निकालेको सूचना–