२९ कार्तिक २०८२, शनिबार
,
Latest
प्रदेशमा शान्तिसुरक्षा सुदृढ गर्न सुरक्षा निकायलाई मुख्यमन्त्री यादवको निर्देशन मन्त्री घिसिङद्वारा बाग्मती ‘करिडोर’ क्षेत्रको ढल व्यवस्थापन र सडक स्तरोन्नतिबारे निरीक्षण प्रदेशका एक हजार गरिब तथा विपन्न परिवारका लागि घर निर्माण गर्नेछौँः मुख्यमन्त्री बानियाँ कर्णाली यश्विसले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि पेट्रोल र डिजलको मूल्य बढ्यो मौलापुरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नयाँ भवन प्रभु साहले गरे उद्घाटन इटहरीमा जग्गा तथा आवास विकास संघको प्रथम अधिवेशन: आधुनिक सहरीकरणतर्फ निर्णायक कदम सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता मानवकल्याण नै सबैभन्दा ठूलो धर्मः प्रदेश प्रमुख भट्ट आज देशका ७७ जिल्लामा एमालेका सभा सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्दिर प्रवर्द्धन र पूर्वाधार विकासका निम्ति साढे दुई करोड सङ्कलन



अ+ अ-

डुम्रे, (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्कालेकस्थित छिम्केश्वरी र बूढीमाई मन्दिर संरक्षणका लागि सञ्चालित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा रु दुई करोड ५० लाख दान सङ्कलन भएको छ ।

महायज्ञ मूल समारोह समितिका आर्थिक संयोजक मनोजकुमार श्रेष्ठले मन्दिरको विकास, पर्यटन प्रवर्द्धन तथा भौतिक पूर्वाधार निर्माण गर्ने उद्देश्यले भएको महायज्ञबाट रु दुई करोड ५० लाख सङ्कलन गरिएको जानकारी दिनुभयो । यही कात्तिक ८ देखि १५ गतेसम्म भएको महायज्ञ अवधिभर तीन परिवार र एक संस्थाले रु पाँच लाखभन्दा धेरै दान दिएका उहाँले बताउनुभयो । आँबुखैरेनी गाउँपलिका–३ निवासी अणमान श्रेष्ठ र सरस्वती श्रेष्ठले रु पाँच लाख ११ हजार १११ दान दिनुभएको थियो ।

यसैगरी अमृत केसी र गोमा केसीले रु पाँच लाख पाँच हजार ५५८, महायज्ञ मूल समारोह समितिका संयोजक तथा छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष कृष्णमान तामाङ र इन्द्रमाया तामाङले रु पाँच लाख एक हजार १०१ र आँबुखैरेनी गाउँपालिकामा कार्यरत कर्मचारीले रु पाँच लाख ५५ हजार ५५५ दान गर्नुभएको थियो ।

छिम्केश्वरी पर्यटन विकास समितिले सङ्कलित रकम मन्दिर क्षेत्रका स्थायी संरचना, ध्यान केन्द्र, सभाहल, विश्रामगृह, शौचालय, सरसफाइ पूर्वाधार र बाटो तथा पार्किङ निर्माणमा प्रयोग गर्ने जनाएको छ । समितिले मन्दिर क्षेत्र संरक्षण, फूल तालिम केन्द्र स्थापना, भक्तजन आवागमन सहज बनाउने, विश्रामगृह निर्माण र सरसफाइ सुदृढीकरणलाई प्राथमिक कार्ययोजनाका रूपमा अघि सारेको छ ।

महायज्ञमा प्रवीण पण्डित दीनबन्धु पोखरेलको प्रवचन दिनुभएको थियो । समुद्र सतहदेखि दुई हजार १३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरी मन्दिरबाट धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध, सैपाल र अपी हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । धार्मिक विश्वासअनुसार गोरखाको मनकामना माईकी दिदीका रूपमा यहाँको छिम्केश्वरी र बूढीमाईलाई चिन्ने गरिएको छ । यहाँ गरिने पूजा तथा दर्शनले मनोकामना पूरा हुने जनविश्वास छ । महायज्ञ आँबुखैरेनी गाउँपालिका–३ अमिलीबोटे ९हाटबजार० मा आयोजना गरिएको थियो । रासस