२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन

टेस्टेडहरुको गठबन्धन : जेन–जीका आवाज सम्बोधन गर्ने क्षमता कति ?

टेस्टेडहरुको गठबन्धन : जेन–जीका आवाज सम्बोधन गर्ने क्षमता कति ?
अ अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका १० वामपन्थी घटकबीच एकता भएर नेपाली कम्युनिस्ट पार्टीको जन्म लिएपछि जेन–जीका आवाज कति बलियोसँग यो पार्टीले उठाउँछ भन्ने प्रश्न उठेको छ । नवगठित पार्टीको नेतृत्व लाइनमा कुनै पनि जेन–जी अर्थात युवा उमेरका प्रतिनिधित्व देखिएको छैन । जेन–जीको विद्रोहले परम्परागत राजनीतिक दलहरु विस्थापित हुने चर्चा भइरहेका बेला फेरि तिनै दलहरु एकजुट भएर शक्ति आर्जनको रणनीतिमा लागेका छन् ।

गत भदौ २३ र २४ गतेको जेन–जी विद्रोहले राजनीतिक दलहरूमा ररूपान्तरण र पुस्तान्तरणको चाहना अभिव्यक्त गरेको थियो । विद्रोहले दलहरूमा चर्को दबाब सिर्जना गरेको थियो । तर, विद्रोहको रापताप सेलाउँदै जाँदा दलहरूका शीर्ष नेतृत्व रूपान्तरणलाई टार्न वैकल्पिक उपायहरू अपनाउने प्रयास गरिरहेका छन् ।

बुधबार मात्रै १० वटा वामपन्थी राजनीतिक दलहरुबीच एकता भएको छ । नेपाली कम्युनिस्ट पार्टी नाम राखेर चुनाव चिह्नसमेत तारा राखेका छन् । घोषणा सभामा यी दलका नेताहरुले अब देश हाँक्ने जिम्मेवारी आफूहरुलाई आउने दाबी गरे । त्यति मात्र होइन, आगामी चुनावमा सबैभन्दा धेरै अभिमत आफूहरुले पाउने विश्वास व्यक्त गरे । जबकी उनीहरु कोही पनि जनताका लागि आशालाग्दा अनुहार होइनन् । पटकपटक पदमा पुगेर पनि केही गर्न नसकेका असफलहरु छन् ।

जेन–जी अर्थात युवा पुस्ताले नेपाली राजनीतिमा रुपान्तरण र पुस्तान्तरण खोजेको छ । तर १० वाम दलले रुपान्तरण र पुस्तान्तरणको नाममा एकताको नाटक मञ्चन गरेर टेस्टेडहरुलाई नै नेतृत्वमा राखेका छन् । कोही पनि नेता नयाँ भिजनसहितका देखिएको छैन । नवगठित दल नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपाल दुवै नेता पटकपटक टेस्ट भइसकेका हुन् ।

पार्टीको नेतृत्व मात्र होइन, देशकै नेतृत्व गरिरहेका छन् यी दुवै जनाले । अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि आशालाग्दा अनुहार होइनन् । त्यसैगरी वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, प्रेमबहादुर सिंहदेखि महिन्द्रराय यादवसम्मलाई अघि सारेर जेन–जीले आफूलाई त्यहाँभित्र हटाउन सक्ने छैनन् ।

१० वामदलको एकता घोषणा सभामा पनि टेस्ट भइसकेका र ज्येष्ठ सदस्यहरु मात्र देखिए । चार दशकदेखि निरन्तर नेतृत्वमा रहेका ७० वर्षीय दाहाल नवगठित नेपाली कम्युनिष्ट पार्टीको संयोजक बने । ७२ वर्षीय माधव नेपाल सहसंयोजक भए । ७५ वर्षीय झलनाथ खनाल पनि एकता समारोहमा सहभागी भए । ७७ वर्षीय वामदेव गौतमदेखि एकता प्रक्रियामा आएका अर्का नेता महिन्द्रराय यादव ७१ वर्ष र प्रेमबहादुर सिंह ७२ वर्षबाट जेन–जीले के आशा गर्ने भन्ने प्रश्न उठिरहेको छ ।

हुन त यी नेताहरुले घोषणा सभामा जेन–जीको माग पूरा गर्ने मन्तव्य दिइरहेका थिए । तर पार्टीभित्र लोकतन्त्र पुनस्र्थापनाका लागि रुपान्तरण र पुस्तान्तरणको एजेन्डा छल्नेगरी गरिएको एकता समारोहमा न अगाडि बढ्ने रोडम्याप सार्वजनिक गरियो न यसअघिका विभाजनको कारण खोज्ने यत्न नै ।

देशले परिवर्तन खोजेको छ । जनताको चाहना तीव्र परिवर्तन छ । तर अहिले नवगठित नेपाली कम्युनिस्ट पार्टीले त्यसको नेतृत्व गर्ने क्षमता राखेको देखिँदैन । किनकी अहिलेका जेन–जीहरुलाई यो पार्टीमा समेटिएका छैन । बरु कतिपय युवा भनिएकै नेताहरु विद्रोह गरेर घोषणासभामा गएनन् । जेन–जी आन्दोलनपछि नयाँ तरंग सिर्जना नहुँदा, सुरुङको अन्तिममा उज्यालो देखाउन नसक्दा समाजमा एकप्रकारको उदासीनता र शिथिलता छाउन थालेको छ ।

नेपाली कम्युनिस्ट पार्टीको घोषणासभा हेर्दा र नेतृत्वले गरेको भाषण सुन्दा लाग्छ कि जेन–जीले खनिदिएको बारीमा पुरानै विचार र नेतृत्वको बिउ रोप्न खोजिएको छ । जेन–जीको रगत र पसिनाले सिंचित बारीमा पुरानै र टेस्टेड नेताले कब्जा जमाउने प्रयास गरेपछि त्यसलाई जनताले कति स्वीकार गर्ने हुन् आगामी चुनावले निर्धारण गर्ने छ ।