२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको लगातार चौंथो हार, युएईसँग चार विकेटले पराजित



अ+ अ-

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत एकदिवसीय शृङ्खलामा नेपालले लगातार चौंथो हार ब्यहोरेको छ ।

घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)विरुद्धको एकदिवसीय शृङ्खालको अन्तिम खेलमा नेपाल चार विकेटले पराजित भएको हो ।

नेपालले दिएको २४० रनको लक्ष्य युएईले ४९.१ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । उसका लागि मुहम्मद शाहददले सर्वाधिक ९६ रनको योगदान दिए भने मुहम्मद वसीमले ७६, शोहेव खानले २९ तथा अलिशान शराफुले १८ रन जोडे ।

बलिङतर्फ नेपालका करण केसीले तीन तथा नन्दन यादव, ललित राजवंशी र सन्दीप लामिछानेले एक–एक विकेट लिए ।

त्यसअघि दुबईस्थित आइसिसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २३९ रन जोड्यो ।

नेपालका लागि भिम सार्कीले ४८, कुशल मल्लले ४५, दिपेन्द्र सिंह ऐरीले ३७, आसिफ शेखले ३४, आरिफ शेखले ३० रन जोड्दा सन्दीप लामिछाने १५ रनमा अविजित रहे ।

बलिङतर्फ युएईका जुनैद सिद्धीकी ध्रुव पराशर र मुहम्मद जवादुल्लाहले दुई–दुई विकेट लिए भने जाहिद अलीले एक विकेट लिए ।

यस शृङ्खलामा यसअघि नेपालले खेलेको तीन खेलमा तीनैमा पराजित भएको थियो ।

पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको थियो भने दोस्रो खेलमा युएईसँग पाँच विकेटले पराजित भएको थियो । त्यसैगरी तेस्रो खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भएको थियो ।

समग्रमा भने २० खेल खेलेको नेपाल १३ हार र पाँच जितकासाथ १२ अङ्क जोडेर अङ्क तालिकाको सातौं स्थानमा छ । दुई खेल भने विना नतिजा टुङ्गिएको थियो ।

यता युएई २० खेलबाट १५ हार र पाँच जितको साथ १० अङ्क जोडेर अङ्क तालिकाको अन्तिम स्थानमा छ ।