काठमाडौँ । सरकारले २०७७ को वैशाख १८ गतेसम्म सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । बुधबार कोभिड-१९ संक्रमण,रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बसेको बैठकले सो निर्णय गरेको हो ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बसेको उक्त बैठकले सिनेमा हल, डान्सबार, मनोरञ्जन स्थल तथा स्वीमिङ पुल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, जिम, हेल्थ क्लब, म्युजियम लगायतका मनोरञ्जन स्थल अप्रिल ३० सम्म बन्द गर्ने निर्णय गरेको हो।
यस्तै, यसको अनुगमन र कार्यान्वयनका लागि प्रदेश सरकार तथा स्थानीय तहलाई समेत निर्देशन दिइएको छ।










