२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोलिदेखि शुरु हुने एसईई परीक्षा पनि स्थगित



अ+ अ-


काठमाडौँ । चैत ६ गतेदेखि अर्थात भोलिदेखि हुने तय भएको एसईई परीक्षा अन्तिममा आएर स्थगित भएको छ । सरकारले अकस्मात स्थगित गरेको सो परीक्षा कहिले सञ्चालन गर्ने भन्ने बारेमा भने कुनै निर्णय गरेको छैन ।


कोरोना भइरसको त्रासका कारण आज सरकारले अरु धेरै आम कार्यक्रमहरुलाई स्थगित गर्दै यो परीक्षा पनि स्थगित गरेको हो । यस वर्षको यो परीक्षामा ५ लाख भन्दा बढी विद्यार्थी सहभागी हुदै थिए । बुधबार अपरान्ह बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले एसई परीक्षा स्थगित नगर्ने र सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो ।
तर लगत्तै बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय समितिको बैठमा नेताहरुले एसईई परीक्षा स्थगित गर्नुपर्ने धारणा राखेपछि उच्च स्तरीय समिति संयोजक पोखरेलले बुधबारकै निर्णय हुनेगरी एसईई स्थगित भएको जानकारी दिएका हुन् ।