२० भाद्र २०८३, शनिबार
,
Latest
खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनमा झलनाथ खनाल पनि सहभागी



अ+ अ-

काठमाडौँ । पुष्पकमल दाहाल नेतृत्वको नवगठित नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनमा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि सहभागी हुनुभएको छ ।

नयाँ पार्टी खोल्ने घोषणा गर्नुभएका पूर्वप्रधानमन्त्री खनाल पनि सो कार्यक्रममा सहभागी हुनुभएको हो । यसअघि आज बिहानै उहाँले माओवादी केन्द्रका अध्यक्ष  दाहालसँग भेट गर्नुभएको थियो ।

खनालले समाजवादी कार्यक्रममा जानुपर्ने लगायतका ४ शर्त पूरा गरे एमालेमा फर्कने धारणा राख्दै आउनुभएको छ । सम्मेलनमा दाहाल, माधवकुमार नेपालसहितको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, जन समाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी, नेकपा साम्यवादी, माओवादी कम्युनिष्ट केन्द्र र देशभक्त समाजवादी मोर्चा लगायतका १० वटा कम्युनिष्ट पार्टीका नेताहरु सहभागी भएका छन् ।