२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग–२ मा आज नेपाल र यूएई भिड्दै, नेपाल पहिलो जितको खोजीमा



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय यूएई शृङ्खलाको अन्तिम खेलमा आज नेपालले यूएईसँग खेल्दैछ ।

यो खेल यूएईको आईसीसी एकेडेमी ग्राउण्डमा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरू हुनेछ ।

जारी शृङ्खलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । पहिलो खेलमा अमेरिकासँग १०६ रनले हारेको नेपाल दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो भने तेस्रो खेलमा अमेरिकासँग चार विकेटले पराजित भयो । आजको खेल जित्नै पर्ने दबाबमा नेपाल छ ।

अमेरिकालाई २ सय ७२ रनको लक्ष्य दिए पनि नेपालले यो योगफललाई रक्षा गर्न सकेको थिएन । लगातार हारले नेपालको सिधै विश्वकप छनोटसम्म पुग्ने सम्भावना कठीन बन्दा एकदिवसीय मान्यता जोगाउन पनि निकै सुधारिएको प्रदर्शन गर्नु पर्नेछ ।

अपराजित रूपमा टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको च्याम्पियन बन्दै २०२६ मा स्थान सुरक्षित गरेको नेपालले ओडीआईमा भने कमजोर प्रदर्शन गरेको छ ।

शृंखलामा तीन खेल हारेको नेपाल सान्त्वना जितको खोजीमा हुने छ । अघिल्लो खेलमा अमेरिकासँग २ सय ४३ रनको फराकिलो हार बेहोरेको यूएईले पनि घरेलु मैदानमा कमजोर प्रदर्शन गरेको छ । यस सिरिजमा यूएई अमेरिकासँगका दुबै खेलमा पराजित भएको छ भने नेपालविरूद्ध जित हात पारेको छ ।

लिग–टूमा नेपाल हाल १९ खेलमा १२ अंकसहित सातौं स्थानमा छ । समान खेलमा ८ अकं जोडेको यूएई पुछारमा छ ।