१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय नागरिक कोरोनाबाट बच्‍न धमाधम नेपाल आउँदै



अ+ अ-

काठमाडौं । कोरोना भाइरसको संक्रमण भएका देशहरुका नागरिकले आफ्नो मुलुक छोडेर संक्रमणबाट सुरक्षित रहेका या कम जोखिममा रहेका देशहरूमा जान थालेका छन्‌। नेपाल पनि कोरोना संक्रमण भेटिएकामध्ये सबैभन्दा कम प्रभावित मुलुक हो। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपाललाई कोरोनाको उच्च जोखिमयुक्त मुलुकको सूचीमा राखिसकेको छ। त्यसैले यतिखेर भारतीयहरू धमाधम विमान चढेर नेपाल आइरहेका छन्‌। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दैनिक १५० भन्दा बढी भारतीय नागरिक नेपाल आइरहेका छन्। भारतमा कोभिड–१९ को संक्रमणका कारण अहिलेसम्म ३ जनाको ज्यान गइसकेको छ भने १६९ जना संक्रमित भएका छन्‌।

बुधबार मध्याह्न त्रिभुवन विमानस्थलमा अवतरण गरेका सिवाङ गुप्ताले भारतमा कोरोना भाइरस फैलिएपछि नेपाल आएको बताए। उनी भारतको चेन्नाइबाट आएका हुन्। उनका अभिभावक नेपालमा ३० वर्षदेखि बसोबास गरेकोले यतै बस्न आएको उनले सुनाए। नेपालमा अहिलेसम्म नफैलिएकोले यहाँ सुरक्षित होला भनेर यतै बस्न आएको उनको भनाई छ। ‘त्रिभुवन विमानस्थल भित्रको स्वास्थ्य परीक्षण गर्ने शैली चाहिँ खासै प्रभावकारी लागेन,’ उनले भने। विदेशबाट आएका नागरिकलाई नेपालमा थर्मल गनु र स्क्रिनिङु गरेर परीक्षण गरिरहेको छ। यतिमात्रले पनि स्वस्थ्य व्यक्तिको परीक्षण गराइमा सन्तुष्ट हुने आधार नरहेको उनले बताए। त्यसैगरी, २५ वर्षे श्याम शर्मा पनि भारतबाट आएका थिए। भारतको दिल्लीबाट आएका श्यामा अभिभावकका साथमा बस्न आएको उनले बताए।

नेपालमा बसेका अभिभावकले उनलाई बोलाएर उनी आएका हुन्। ‘भारतका अधिकांश मानिस भयभित छन, बाहिर तिर निस्कन सकेका छैनन,’ उनले भने। उनका अन्य साथीहरु पनि नेपाल आउन चाहिँ रहेको छन। दिल्ली सरकारले ५० जना भन्दा बढि भेला नहुने आदेश जारी गरेको अवस्था छ। नेपालमा कोरोना भाइरस नदेखिएको र आफ्ना काका काठमाडौंमा काम गरेर बसेकाले केही दिन आफू यतै रहने मुकेश कुमारले बताए। नेपाल अध्यागमन विभागका सूचना अधिकारी रामचन्द्र तिवारीका अनुसार दैनिक जसो नेपालमा भारतीय नागरिक १ सय ५० जना आइरहेका छन् ।

अध्यागमन विभागलाई हवाइ उडान रोक्ने कुनै अधिकार नरहेको उनले बताए। भिसा प्रक्रिया मात्र अध्यागमन विभागले हेर्ने भएकोले यसमा अध्यागमन विभाग जिम्मेवार नरहने उनले बताए। ‘कुटनीतिक सम्बन्ध रहेकोले पनि कतिपय अवस्थामा नागरिकलाई बन्देज गराउँन मिल्दैन।’ विदेशबाट आएका नागरिकलाई स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएको उनले बताए। ‘सकेसम्म विदेशी वा नेपाली यात्रुको राम्रो सँग परीक्षण गर्ने गरिरहेको छौ,’ तिवारीले भने ।