१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीस हजार घुससहित श्रेस्तेदार पराजुली पक्राउ



अ+ अ-

कास्की । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले कास्की जिल्ला अदालतका श्रेस्तेदार लोकनाथ पराजुलीलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ । आयोगको टोलीले बुधबार राति मुद्दाका एक पक्षसँग रु ३० हजार घुस लिइरहेको अवस्थामा पराजुलीलाई पोखरा–५ पस्र्याङस्थित एक पसलबाट पक्राउ गरेको हो ।

आयोगका सूचना अधिकारी मेघनाथ रिजालले श्रेस्तेदार पराजुलीलाई एक मदिरा पसलबाट अख्तियारको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको पुष्टि गर्दै उनीमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए । सङ्गठित अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका अभियुक्तको गाडी छुटाइदिने भन्दै श्रेष्तेदार पराजुलीले घुस मागेको बताइएको छ ।

शुरुमा रु ५० हजार मागेका उनले छलफलका क्रममा रु ३० हजारमा कुरा मिलाएर सो रकम बुझेको स्रोतले जनाएको छ । श्रेस्तेदार पराजुलीको सर्वोच्च अदालतमा हालै सरुवा भइसकेको बताइन्छ ।