६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट

बृहत् वाम एकताबाट समाजवादी क्रान्तिको वातावरण बन्दैछः संयोजक दाहाल

बृहत् वाम एकताबाट समाजवादी क्रान्तिको वातावरण बन्दैछः संयोजक दाहाल
file photo: rss
अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकका वामपन्थी पार्टीबीचको एकताबाट समाजवादी क्रान्तिको दिशामा अघि बढ्ने वातावरण बनेको बताउनुभएको छ ।

कमलादीस्थित प्रज्ञा भवनमा आज बसेको माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले जेनजी आन्दोलनलाई समाजवादी क्रान्तिका रूपमा संश्लेषण गर्नुपर्ने बताउनुभयो ।

विभिन्न नौ वाम घटकसँगको एकताबारे असन्तुष्टि व्यक्त गर्दै पार्टी पुनर्गठन अभियान सञ्चालन गर्ने घोषणा गर्नुभएको नेता जनार्दन शर्मालाई पार्टी एकताको प्रक्रियामा सहभागी हुन संयोजक दाहालले आग्रह गर्नुभयो । “तपाईं (जनार्दन)ले आफ्नो निर्णयमा पुनर्विचार गर्नुस्, पार्टीमा फर्कनुस्, सँगै अघि जानुपर्छ”, उहाँले भन्नुभयो ।

संजोजक दाहालले गणतन्त्रवादी, लोकतन्त्रवादी र देशभक्तहरू एकता अहिलेको आवश्यकता भएको उल्लेख गर्दै देशभक्तिपूर्ण आन्दोलनमा समाहित हुन परिवर्तनकारी शक्तिलाई आह्वान गर्नुभयो । वामपन्थी र देशभक्ति अभियान सञ्चालन गरिरहेका कम्युनिष्ट नेताहरू पनि एकता प्रक्रियामा सहभागी हुने उहाँको विश्वास छ ।

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले मुलुकको आर्थिक समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रणको राष्ट्रिय कार्यभार पूरा गर्ने उद्देश्यका साथ बृहत् वामपन्थी एकता गर्न लागिएको स्पष्ट पार्नुभयो । नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र ध्रुवीकरण अहिलेको आवश्यकता भएको उल्लेख गर्दै उहाँले सम्पूर्ण देशभक्त शक्तिहरू एक ठाउँमा आउनुको विकल्प नभएको दोहो¥याउनुभयो ।

बैठकले पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गरेको छ । प्रवक्ता अग्निप्रसाद सापकोटाले समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न बृहत् कम्युनिष्ट आन्दोलनको एकीकरण आजको आवश्यकता भएको उल्लेख गर्दै सोही आवश्यकता पूरा गर्न विभिन्न नौ वटा वाम घटकबीच एकता घोषणा हुन लागेको जानकारी दिनुभयो ।

उहाँका अनुसार भोलि भृकुटीमण्डपमा पार्टी एकता घोषणासभा हुनेछ । एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ रहने बताइएको छ । माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी नेकपा (माओवादी समाजवादी), नेकपा (साम्यवादी)सहित विभिन्न नौ वटा कम्युनिष्ट पार्टीबीच एकता हुँदैछ ।

एकतापछि बन्ने पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हुने र नेपाली क्रन्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुने प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

एकता प्रक्रियामा सहभागी सबै घटकको केन्द्रीय समितिको संयुक्त भेलाबाट पार्टी एकताको घोषणा, घोषणापत्र र अन्तरिम विधान पारित तथा केन्द्रीय समितिको गठन हुनेछ । उक्त पार्टीको चुनाव चिह्न पाँचकुने तारा राख्ने सहमति भएको छ ।