३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

क्षमा पूजा गरेर गहनापोखरी पुनःनिर्माण सुरु (फोटोफिचर)

क्षमा पूजा गरेर गहनापोखरी पुनःनिर्माण सुरु (फोटोफिचर)
अ+ अ-

काठमाडौँ । क्षमा पूजा गरेर नरः दे (हाँडीगाउँ) मा रहेको गहनापोखरी पुनःनिर्माणको काम सुरु गरिएको छ । काठमाडौँ महानगरपालिका– ५का वडाध्यक्ष वीरेन्द्र प्रजापतीले क्षमा पूजा गरेर पुनःनिर्माण अगाडि बढाईएको हो ।

पोखरीको पुनःनिर्माण लागत ५ करोड २० लाख रुपियाँ तोकिएको छ । महानगरको सम्पदा तथा पर्यटन विभागले निर्माण कार्यका लागि सुजन राज जेभीलाई २०८२ असोज ३१ गते कार्यादेश दिएको थियो । पोखरीको पुनःनिर्माण २०८३ असोज ३० गतेभित्र सम्पन्न गरिसक्नु पर्ने भनिएको छ ।

हाँडीगाउँ प्राचीन शैलीमा फर्काउने गुरुयोजनासहित काम गरिरहेको वडाध्यक्ष प्रजापतीले बताए । ‘मौलिकता र सांस्कृतिक पहिचान, पुनःनिर्माणका मुख्य आधार हुन् । विगतमा भएका कमजोरी सच्याउँदै अहिले हामी प्राचीन शैली पछ्याईरहेका छौँ।’, उनले भने, ‘पहिले छेउमा कम गहिराई थियो । जात्रामा खट लिएर जाँदा पहिले पिँडुलासम्म पानी आउँथ्यो । त्यसपछि जति भित्र गयो, उति गहिराइमा पुगिन्थ्यो । यसप्रकारको गहिराईले दिने रौनकता छुट्टै थियो । त्यो स्वरुप विग्रिएर अहिले पौडी पोखरी जस्तो भएको छ । पोखरीभित्र छिर्ने वित्तिकै डुब्ने गरीको पानी छ । यसलाई सच्याएर पहिलेकै जस्तो गरेर छेउमा कम गहिरो र बिचतिर जाँदा धेरै गहिरो हुने पोखरी बनाउँछौँ ।’

उहाँले पोखरीमा आउने पानी बुढानीलकण्ठ भएको बताउँदै स्थानीय स्रोत पनि भएको उल्लेख गर्नुभयो ।

योजनाका फोकल पर्सन वरिष्ठ इञ्जिनियर रविन्द्र रिजालका अनुसार पोखरी, त्यसको वरिपरि पैदल मार्ग, हरियाली प्रवर्धन र सडक आडमा भएका खाली ठाउँमा फल्चा, खेल्ने ठाउँलगायत संरचना हुनेछन् । त्यसमध्ये १३ हजार वर्गफिटमा पोखरी निर्माण हुनेछ । पोखरीको वरिपरि ६ फिटदेखि ८ फिटसम्मको पैदल मार्ग हुनेछ भने त्यसको बाहिर कालोपत्रे सडक छ । यसको बाहिर दक्षिणतर्फ १ सय वर्गफिट क्षेत्रफलको ३ कवलको एउटा र उत्तरपट्टि ३१७ वर्गफिट क्षेत्रफल भएको ९ कवलको एउटा फल्चा निर्माण हुनेछ । दक्षिण–पश्चिममा २९६ वर्गफिट क्षेत्रफलको प्रहरी विट निर्माण हुनेछ । यसको नजिकमा ५९० वर्गफिट क्षेत्रफल भएको भवन निर्माण हुनेछ । जसको तल्लो तलामा पर्यटक सूचना केन्द्र र माथिल्लो तलामा पुस्तकालय हुनेछ ।

गहना पोखरीसँग सम्बन्धित लोक कथन

गहना खोज्ने जात्रा सञ्चालन हुने पोखरी, कुनै बेला आगो निस्किरहने तलाउ थियो । त्यहाँ सुनको पेटिका प्रकट हुन्थ्यो । त्यो पेटिकालाई कसैले लिने प्रयास ग¥यो भने ऊ तलाउमा डुब्थ्यो । त्यहाँबाट फर्कनै सक्दैनथ्यो । त्योे पेटिकाको सुन भावी बुद्ध बोधिसत्व मैत्रेयको मुकुटको सुन थियो भन्ने गरिन्छ । यसलाई अग्निवमन गर्ने नागहरुले सुरक्षा दिएर राखेका थिए ।

नरः दे (हाँडीगाउँको प्राचीनता)

लिच्छवीकालीन नगर सभ्यताको केन्द्र मानिने हाँडीगाउँ स्वतन्त्र राज्य व्यवस्थाबाट सञ्चालित थियो । शिव शक्ति र भक्तिका स्थान, बास्तुकला, चित्रकला, मूर्तिकला, चैत्य, बिहारजस्ता सम्पदाको एकै ठाउँमा अवलोकन गर्न सकिने ठाउँ थियो ।

यस ठाउँलाई पूर्व लिच्छवि, बर्मा तथा लिच्छवि कालको संस्कृति र सम्पदाको लागि सर्वाधिक प्राचीन स्थानको रुपमा लिइन्छ । सत्यनारायण परिसरमा प्राचीन बस्ती र पूर्व लिच्छवि कालका मन्दिरहरु भएको प्रमाण पाइन्छ । इसापूर्व दोश्रो शताब्दीका पुरातात्विक अवशेष र अन्य सम्पदा भवनहरुको जग यसै क्षेत्रमा मात्र छन् । लिच्छवी कालमा स्थापना भएकोे मनमानेश्वरी, सत्यनारायण, गरुड, भारवीको धारा, अंशुवर्माको वडापत्र रहेको डबली, न्याल्मलोंह, चौखटको चोक्ट्या नारायणको चोक, कैलाशकुट भवनको चमत्कारी तलाउ यस क्षेत्रको इतिहास हुन् । किराँत कालको हाँडीगाउँ (जसलाई अण्डीपृङ्ग भनिन्थ्यो), टुँछें, नासद्यो (थटाल टोल), नासद्यो (कोटाल टोल), द्योछें (दथुटोल) यसका क्षेत्र हुन् ।

फोटोः कामनपा