२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल

क्षमा पूजा गरेर गहनापोखरी पुनःनिर्माण सुरु (फोटोफिचर)

क्षमा पूजा गरेर गहनापोखरी पुनःनिर्माण सुरु (फोटोफिचर)
अ अ+ अ-

काठमाडौँ । क्षमा पूजा गरेर नरः दे (हाँडीगाउँ) मा रहेको गहनापोखरी पुनःनिर्माणको काम सुरु गरिएको छ । काठमाडौँ महानगरपालिका– ५का वडाध्यक्ष वीरेन्द्र प्रजापतीले क्षमा पूजा गरेर पुनःनिर्माण अगाडि बढाईएको हो ।

पोखरीको पुनःनिर्माण लागत ५ करोड २० लाख रुपियाँ तोकिएको छ । महानगरको सम्पदा तथा पर्यटन विभागले निर्माण कार्यका लागि सुजन राज जेभीलाई २०८२ असोज ३१ गते कार्यादेश दिएको थियो । पोखरीको पुनःनिर्माण २०८३ असोज ३० गतेभित्र सम्पन्न गरिसक्नु पर्ने भनिएको छ ।

हाँडीगाउँ प्राचीन शैलीमा फर्काउने गुरुयोजनासहित काम गरिरहेको वडाध्यक्ष प्रजापतीले बताए । ‘मौलिकता र सांस्कृतिक पहिचान, पुनःनिर्माणका मुख्य आधार हुन् । विगतमा भएका कमजोरी सच्याउँदै अहिले हामी प्राचीन शैली पछ्याईरहेका छौँ।’, उनले भने, ‘पहिले छेउमा कम गहिराई थियो । जात्रामा खट लिएर जाँदा पहिले पिँडुलासम्म पानी आउँथ्यो । त्यसपछि जति भित्र गयो, उति गहिराइमा पुगिन्थ्यो । यसप्रकारको गहिराईले दिने रौनकता छुट्टै थियो । त्यो स्वरुप विग्रिएर अहिले पौडी पोखरी जस्तो भएको छ । पोखरीभित्र छिर्ने वित्तिकै डुब्ने गरीको पानी छ । यसलाई सच्याएर पहिलेकै जस्तो गरेर छेउमा कम गहिरो र बिचतिर जाँदा धेरै गहिरो हुने पोखरी बनाउँछौँ ।’

उहाँले पोखरीमा आउने पानी बुढानीलकण्ठ भएको बताउँदै स्थानीय स्रोत पनि भएको उल्लेख गर्नुभयो ।

योजनाका फोकल पर्सन वरिष्ठ इञ्जिनियर रविन्द्र रिजालका अनुसार पोखरी, त्यसको वरिपरि पैदल मार्ग, हरियाली प्रवर्धन र सडक आडमा भएका खाली ठाउँमा फल्चा, खेल्ने ठाउँलगायत संरचना हुनेछन् । त्यसमध्ये १३ हजार वर्गफिटमा पोखरी निर्माण हुनेछ । पोखरीको वरिपरि ६ फिटदेखि ८ फिटसम्मको पैदल मार्ग हुनेछ भने त्यसको बाहिर कालोपत्रे सडक छ । यसको बाहिर दक्षिणतर्फ १ सय वर्गफिट क्षेत्रफलको ३ कवलको एउटा र उत्तरपट्टि ३१७ वर्गफिट क्षेत्रफल भएको ९ कवलको एउटा फल्चा निर्माण हुनेछ । दक्षिण–पश्चिममा २९६ वर्गफिट क्षेत्रफलको प्रहरी विट निर्माण हुनेछ । यसको नजिकमा ५९० वर्गफिट क्षेत्रफल भएको भवन निर्माण हुनेछ । जसको तल्लो तलामा पर्यटक सूचना केन्द्र र माथिल्लो तलामा पुस्तकालय हुनेछ ।

गहना पोखरीसँग सम्बन्धित लोक कथन

गहना खोज्ने जात्रा सञ्चालन हुने पोखरी, कुनै बेला आगो निस्किरहने तलाउ थियो । त्यहाँ सुनको पेटिका प्रकट हुन्थ्यो । त्यो पेटिकालाई कसैले लिने प्रयास ग¥यो भने ऊ तलाउमा डुब्थ्यो । त्यहाँबाट फर्कनै सक्दैनथ्यो । त्योे पेटिकाको सुन भावी बुद्ध बोधिसत्व मैत्रेयको मुकुटको सुन थियो भन्ने गरिन्छ । यसलाई अग्निवमन गर्ने नागहरुले सुरक्षा दिएर राखेका थिए ।

नरः दे (हाँडीगाउँको प्राचीनता)

लिच्छवीकालीन नगर सभ्यताको केन्द्र मानिने हाँडीगाउँ स्वतन्त्र राज्य व्यवस्थाबाट सञ्चालित थियो । शिव शक्ति र भक्तिका स्थान, बास्तुकला, चित्रकला, मूर्तिकला, चैत्य, बिहारजस्ता सम्पदाको एकै ठाउँमा अवलोकन गर्न सकिने ठाउँ थियो ।

यस ठाउँलाई पूर्व लिच्छवि, बर्मा तथा लिच्छवि कालको संस्कृति र सम्पदाको लागि सर्वाधिक प्राचीन स्थानको रुपमा लिइन्छ । सत्यनारायण परिसरमा प्राचीन बस्ती र पूर्व लिच्छवि कालका मन्दिरहरु भएको प्रमाण पाइन्छ । इसापूर्व दोश्रो शताब्दीका पुरातात्विक अवशेष र अन्य सम्पदा भवनहरुको जग यसै क्षेत्रमा मात्र छन् । लिच्छवी कालमा स्थापना भएकोे मनमानेश्वरी, सत्यनारायण, गरुड, भारवीको धारा, अंशुवर्माको वडापत्र रहेको डबली, न्याल्मलोंह, चौखटको चोक्ट्या नारायणको चोक, कैलाशकुट भवनको चमत्कारी तलाउ यस क्षेत्रको इतिहास हुन् । किराँत कालको हाँडीगाउँ (जसलाई अण्डीपृङ्ग भनिन्थ्यो), टुँछें, नासद्यो (थटाल टोल), नासद्यो (कोटाल टोल), द्योछें (दथुटोल) यसका क्षेत्र हुन् ।

फोटोः कामनपा