२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

होटेलमा बस्ने विदेशी पाहुना सरकारको निगरानीमा



अ+ अ-

काठमाडौं । सरकारले होटेलमा बस्ने विदेशी पाहुनाको निगरानी गर्ने भएको छ । यसका लागि विद्यूतीय प्रणालीमार्फत हरेक होटेलले विदेशी पाहुनाको विवरण सरकारलाई बुझाउनु पर्ने भएको छ ।

पर्यटन विभागका अनुसार विभागबाट स्तर वर्गिकरण गरिएका रिसोर्ट तथा तारे होटेलले आ–आफ्नो विद्यूतीय प्रणालीमार्फत विदेशबाट आएका आगन्तुकको चेकइन–चेक आउट, आगामी गन्तब्यलगायत विवरण भरेर विभागको पोर्टलमा प्रविष्ट गर्ने प्रणालीको विकास गरिएको छ । सोही अनुसार होटेलले आफ्नो पाहुनाको विवरण विभागलाई तत्काल उपलब्ध गराउनुपर्ने भएको छ ।

विवरणमा पर्यटकको नाम, पासपोर्टको विवरण, देश,ठेगाना र नेपालमा रहने अवधी उल्लेख गर्नुपर्छ । साथै, त्यस होटेलमा रहने विवरण, आगामी गन्तब्य, होटेलको सम्पर्क व्यक्ति तथा नम्बर र अन्य आवश्यक सूचना भएमा समेत विभागको पोर्टलमा प्रविष्ट गर्नु पर्ने निर्णय विभागले ल्याएको छ । विभागबाट स्तर वर्गीकरण नभएका विदेशी पर्यटक राख्ने होटेल, रिसोर्ट तथा अतिथि गृहले आगन्तुकको विवरण विभागको पोर्टलमा प्रविष्ट गर्नुपर्छ ।

त्यसका लागि विभागबाट ‘यूजर’ एक्टिभ गराउनु पर्ने भएको छ । नेपाल आएका विदेशीको ट्रयाकिङका लागि यस्तो नियम ल्याइएको पर्यटन विभागले जनाएको छ । कुन पर्यटक कहाबाट आएको र कुन होटेलमा कुन प्रयोजनमा बसेको छ भन्ने विवरण अब सरकारसमक्ष हुने भएकाले कोरोना संक्रमणको जोखिम विश्लेषण गर्न सहज हुने बताईको छ ।