२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काेराेनाबारे अपडेट हुन ३२१०० नम्बर डायल गर्नुहाेस्



अ+ अ-

काठमाडौं

नेपाल टेलिकमले कोरोना भाइरस सम्बन्धी जानकारी दिने उद्देश्यले ३२१०० नम्बर डायल गरी सुन्न सकिने व्यवस्था गरेको छ । टेलिकमले कोभिड–१९ बारे जानकारीमूलक सामग्री आफ्‍नो मोबाइलमार्फत ३२१०० नम्बर डायल गरी निःशुल्क सुन्‍न सकिने व्यवस्था गरेको हो ।

टेलिकमका प्रवक्ता राजेश जोशीद्वारा जारी विज्ञप्तिमा उक्त नम्बरमा कल गरे पश्चात् कोभिड–१९, यसका लक्षणहरु, फैलने तरिका, उपचार विधि, संक्रमणबाट बच्‍न अपनाउनु पर्ने उपायहरु र अपनाउनु पर्ने सावधानी बारे विश्व स्वास्थ्य संगठनले जारी गरेका सूचकहरुका बारेमा जानकारी प्राप्त गर्न सकिने उल्लेख छ।

३२१०० नम्बर डायल गरेपछि यस सम्बन्धी थप जानकारी लिनका लागि सरकारका हटलाइन नम्बरहरु समेत थाहा पाउन सकिने टेलिकमले जनाएकाे छ । यस्तै नेपाल टेलिकम नेटवर्कभित्र फोन गर्दा कलर रिंग ब्याक टोन(सीआरबीटी) मार्फत कोरोना भाइरसबारे सूचना प्रवाह गरेको छ।