काठमाडौं
प्रतिनिधि सभाको बैठक चैत १३ गतेसम्मका लागि स्थगित भएको छ । काेराेनाभाइरसकाे संभावित संक्रमणलाइ मध्यनजर गर्दै संसदकाे कार्यव्यवस्था परामर्श समितिको बैठकले यस्तो निर्णय गरेको संसद सचिवालयव्दारा जारी सूचनामा जनाइएकाे छ । सरकारले २५ जनाभन्दा बढी भेला हुने गरी कुनै पनि कार्यक्रम नगर्ने निर्णय गरेपनि त्यसकाे बेवास्ता गर्दै प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठकहरू नियमित चलेका थिए ।

साथै संसदका समितिका बैठकहरू पनि राेकिएका छैनन् । प्रतिनिधिसभाको बैठक शुक्रबारका लागि आह्वान गरिएको थियो । कोरोना भाइरसका कारण प्रतिनिधिसभा बैठक सरे पनि राष्ट्रियसभाको बैठक भने भोलि पनि बस्दैछ ।











