काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी आन्दोलनमा आगजनी र तोडफोड भएको राष्ट्रपति भवन शितल निवासको निरीक्षण गर्नुभएको छ ।
क्षतिग्रस्त संरचना निरीक्षणका लागी गृहमन्त्री अर्याल सोमवार शितल निवास पुग्नुभएको हो । भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा राष्ट्रिपति भवन शितल निवासको अगाडीको भवनमा आगजानी भएको थियो ।
यसैगरी गृहमन्त्री अर्यालले सोमवार नै प्रहरी चौकी बालाजुको पनि निरीक्षण गर्नुभएको छ । प्रहरी चौकी बालाजु पनि जेन–जी आन्दोलनका क्रममा आन्दोलनकारीले तोडफोड तथा आगजानी गरेका थिए । उक्त प्रहरी चौकी पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।










