काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले इल्चेलाई ३–१ गोलले हराएको हो ।
घरेलु टोलिको जितमा खेलको नवौं मिनेटमा लामिने यामल, १२ औं मिनेटमा फेरान टोरेस र ६१ औं मिनेटमा मार्कुुस रासफोर्डले गोल गरे । यता, इल्चेका राफा मिरले एक गोल फर्काए ।
जितसँगै बार्सिलोना ११ खेलबाट २५ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । रियल मड्रिड ३० अंकका साथ शिर्षस्थानमा छ ।
इल्चे १४ अंकका साथ नवौं स्थानमा छ ।










