२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटी र वेस्टहाम विजयी



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले जित निकालेको छ ।

गएराति भएको खेलमा सिटीले बर्नमाउथलाई ३–१ गोलले हराएको हो । घरेलु मैदानमा सिटीको जितमा एर्लिङ हालाण्डले दुई तथा निको ओ’रेलीले एक गोल गरे । बर्नमाउथका टेलर आडम्सले एक गोल फर्काए ।

१७ औं मिनेटमा हालाण्डले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । २५ औं मिनेटमा आडम्सले गोल गर्दै बर्नमाउथलाई १–१ को बराबरीमा ल्याए ।

३३ औं मिनेटमा हालाण्डले गोल थप्दै सिटीलाई २–१ ले अघि बढाए । यता, ६० औं मिनेटमा ओ’रेलीले गोल गर्दै सिटीलाई ३–१ को जित दिलाए । जितसँगै सिटी १० खेलबाट १९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बर्नमाउथ १८ अंकका साथ चौंथो स्थानमा छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा वेस्टहाम युनाइटेडले न्युक्यासल युनाइटेडलाई ३–१ गोलले हरायो । खेलको चौंथो मिनेटमा नै जाकोव मुर्फीको गोलबाट न्युक्यासलले सुरुवाती अग्रता लिएको थियो । ३५ औं मिनेटमा लुकास पाक्वेटाले गोल गर्दै घरेलु टोलिलाई १–१ को बराबरीमा ल्याए ।

यता, पहिलो हाफको इन्जुरी समयमा न्युक्यासलका स्भेन बोटम्यानले आत्मघाती गोल गरेपछि वेस्टहामले २–१ को अग्रता लियो । खेल सकिनै लाग्दा इन्जुरी समयमा थोमस सौसेकले गोल गर्दै वेस्टहामलाई ३–१ को जित दिलाए ।

यो नतिजापछि न्युक्यासल १० खेलबाट १२ अंकका साथ तालिकाको १३ औं स्थानमा छ भने वेस्टहाम ७ अंकका साथ १८ औं स्थानमा छ ।