१२ असार २०८३, शुक्रबार
,
Latest
राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने : नेपालमा पनि ‘लकडाउन’को तयारी



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले आज साँझ देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । कोरोना भाइरसको सम्भावित संक्रमण रोक्ने तयारीका विषयमा प्रधानमन्त्रीले देशबासीका नाममा साँझ ५:३० बजे सम्बोधन गर्ने भएका बालुवाटार स्रोतले जनाएको छ ।

भारतमा प्रधानमन्त्री मोदीले हिजो साँझ सम्बोधन गरेर आइतबारका लागि जनता कफ्र्यूको घोषणा गरेका थिए । त्यसअन्तर्गत जनतालाई घरबाट बाहिर ननिस्कन भनिएको छ । नेपालमा पनि सरकारले यस्तै या एक हप्तासम्म सरकारी कार्यालय बन्द गर्ने लगायतका नयाँ कार्यक्रम घोषणा गर्ने अनुमान गरिएको छ ।

आजैमात्र नेपालका सबै अदालतहरु दुई हप्ताका लागि बन्द गरिएको छ । स्कुल कलेजहरु हिजोदेखि नै बन्द भएका छन् ।

प्रधानमन्त्रीको सम्बोधन पछि आझै साझँ कोरोनाविरुद्धको लडाइमा मुलुकको नेतृत्वको गरिरहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले उच्चस्तरीय समन्वय समितिको बैठक राखेर थप निर्णय गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।