२८ भाद्र २०८३, आईतवार
,
Latest
भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब विमानस्थलहरुको सरसफाई अन्तराष्ट्रिय मापदण्ड अनुसार हुनेछ : मन्त्री भट्टराई



अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सहित देशभरका आन्तरिक विमानस्थलको सरसफाईमा तिव्र सुधार गरिने बताउनु भएको छ । सफाई मजदुरहरुलाई आवश्यक तालिम र आधुनिक सामग्रीहरुको प्रबन्ध गरेर सरसफाईमा परिवर्तन ल्याइने उहाँको भनाई छ ।

शुक्रबार मन्त्रालयमा आयोजित गैर आवासीय नेपाली संघ (एनआरएनए)ले तयार पारेको देशभरका ११ विमानस्थलहरुको सरसफाई अवस्थाको ‘अडिट’ हस्तान्तरण कार्यक्रममा बोल्नु हुदैं मन्त्री भट्टराईले अन्तराष्ट्रिय मापदण्ड अनुसार विमानस्थलहरुको सफाई लागि सरकारले काम गर्ने बताउनुभयो ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए)का अभियान्ता एंव सफाई विज्ञ खेमनाथ शर्माले ११ विमानस्थलहरुको सर सफाई अवस्थाको बेग्ला–बेग्लै ‘अडिट’बुझाउनु भएको थियो । धनगढी, नेपालगञ्ज, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवा, पोखर, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, चन्द्रगढी, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (आन्तरिक) र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल(आन्तराष्ट्रिय) को स्थलगत अध्ययनपछि ‘अडिट’ रिपोर्ट तयार पारिएको हो ।

‘अडिट’मा हाल विमानस्थलहरुका सरसफाईको अवस्था, समस्या, कानुनी समस्या र आगमी दिनमा गर्नुपर्ने कामहरुको सूची र सुझाव समावेश छ । शर्माले अन्तराष्ट्रिय मापदण्ड अनुसार सरसफाई गर्नुपर्ने सफाईका स्पष्ट कानुनी व्यवस्था गर्नु पर्ने, सरसफाई मजदुरलाई तालिमको व्यबस्था गर्नुपर्ने, सफाई मजदुरले प्रयोग गर्ने सामग्रीमा सुधार गर्नुपर्ने लगायतका सुझाव दिनु भएको ।

मन्त्री भट्टराईर्ल यी सुझावहरु महत्वपूर्ण भएको भन्दै ती सुझावका आधारमा विमानस्थलहरुको सरसफाई सुरु गराउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन समेत दिनुभयो । उहाँले ती सबै सुझावहरु सम्बन्धित विमानस्थलहरुमा पठाइदिन मन्त्रालयका सहसचिव सुरेश आचार्यलाई निर्देशन दिनु भएको हो । ती सुझावहरु तत्काल कार्यान्वयन गराउन र एक महिनापछि कार्यान्वयन अवस्था बारेमा रिपोर्ट तयार पार्नका लागि निर्देशन दिनुभयो ।