२८ भाद्र २०८३, आईतवार
,
Latest
भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयोगमा पदाधिकारी नियुक्त नहुँदा कामहरु चलायमान हुन सकेनन्



अ+ अ-

काठमाडौं । सरकारले लामो समयदेखि संवैधानिक आयोगमा पदाधिकारी नियुक्त नगर्दा आयोगहरुले गर्ने कामहरु चलायमान हुन सकेका छैनन् ।

गठन भएको ६ वर्षसम्मको अवधिमा केही समयअघि मात्रै अध्यक्ष पाएको मुस्लिम आयोगको अवस्था पनि उस्तै देखिएको छ । आयोगमा अझै ४ जना पदाधिकारी रिक्त रहेका छन् । मुस्लिम समुदायको हक, हितको संरक्षण र सम्वद्र्धन तथा सशक्तिकरणका लागि गठन भएको आयोग आर्थिक वर्ष २०७६/०७७ को कार्यप्रगति सार्वजनिक गरेको छ ।

आयोगले मुस्लिम समुदायको बाहुल्यता भएका १२ जिल्लामा विकास/सीपमूलक तालिम सञ्चालन गर्ने बाहेक अन्य कार्यप्रगति सन्तोषजनक देखिदैन् । सरकारले पदाधिकारी नियुक्तिमा ढिलाई गर्दा आयोगको अवस्था सन्तोषजनक नभएको हो । आयोगले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश भएको विषय पनि आफ्नो कार्यप्रगतिमा समावेश गरेको छ । यसैगरी मुस्लिम महिलाका लागि लैङ्गीक हिंसा विरुद्धको कानूनी सचेतना र अधिकार प्रवद्र्धन सम्बन्धि एक दिने जिल्ला स्तरिय तालिम कार्यान्वयनको चरणमा रहेको जनाएको छ ।

यस्तै निजामति सेवामा मुसिलमको पहुँच अभिवृद्धि गर्न दोस्रो पटक शाखा अधिकृत र नायव सुब्बाको लोकसेवा आयोगको प्रथम चरणको कक्षा सञ्चालन गरिएको तथा नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले ३ वटा विषयमा अध्ययन अनुसन्धान सुरु गरिएको कार्यप्रगति आयोगले सार्वजनिक गरेको छ । आयोगले नियमित रुपमा पढिने नमाज र शक्रबारका दिन पढिने जुम्मा नमाज सकेसम्म घरमै पढ्न पनि आग्रह गरेको छ ।