काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले व्यंग्य गर्दै सर्को तानेको बेलामा केहि पनि नबोल्न र नलेख्न अनुरोध गरेका छन् ।
केही आशालाग्दा अभियन्ता र अगुवाहरूले ‘सर्को तानेर’ बोल्ने र लेख्ने गरेको अनुमान व्यक्त गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत मन्त्री पुनले लेखेका छन्, “केहि केहि आशा लाग्दा अभियन्ताहरू र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो लाग्छ। सर्को ताने पनि केहि छैन। तर सर्को तानेको बेलामा केहि पनि नबोल्न र नलेख्न अनुरोध छ ।”
उनको यो टिप्पणी काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले गएराति सामाजिक सञ्जालमा अश्लील शब्द प्रयोग गर्दै स्टाटस लेखेपछि आएको हो । बालेनको उक्त स्टाटसपछि उनको चौतर्फी आलोचना भइरहेको छ ।
मन्त्री पुनको उक्त भनाइलाई धेरैले मेयर बालेनतर्फ लक्षित संकेतका रूपमा लिएका छन् ।











