१२ असार २०८३, शुक्रबार
,
Latest
राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ डाक्टरले यसरी सेयर गरे नेपालसँग आफ्नो अनुभव



अ+ अ-


काठमााडौँ । हाल विश्वै फैलिएको प्राणघातक कोरोना भाइरसको उपचार र नियन्त्रणमा प्राप्त गरेको सफलताको विषयमा चीनले आज एसियाली र युरोपेली देशसँग आफ्नो अनुभव सेयर गरेको छ । चिनियाँ चिकित्सा तथा भन्सार क्षेत्रका विज्ञहरुले एसिया र युरोपका १८ देशका यसै क्षेत्रका अधिकारीहरुसँग भिडियो कन्फरेन्सबाट सो कुराकानी गरेको बताइएको छ ।

त्यस कन्फरेन्समा नेपाली चिकित्सक, परराष्ट्रका अधिकारी र यसै क्षेत्रका सरोकारवालाहरु पनि रहेका थिए । सो कुरा नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले आज ट्वीट गरेर जानकारी दिएकि छिन् । त्यस कन्फरेन्सका क्रममा रोगको रोकथामका लागि के कसरी काम गर्ने, डाक्टर तथा अस्पतालका अन्य अधिकारीले कसरी काम गर्ने र सरकारको रणनीतिक कस्तो हुनुपर्ने भन्ने बारेमा द्धिपक्षीय रुपमा छलफल र अनुभव आदानप्रदान भएको बताइएको छ ।