२८ भाद्र २०८३, आईतवार
,
Latest
सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतका २० राज्यमा फैलियो कोरोना, कुन राज्यमा कति ?



अ+ अ-

नयाँ दिल्ली । गत डिसेम्बरमा चीनको हुबेई प्रान्तको वुहान सहरबाट विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भारतका २० राज्यमा देखिएको छ।

पछिल्लो पटक गुजरात राज्यमा संक्रमण भेटिएपछि भारतमा संक्रमित राज्यको संख्या २० पुगेको हो।

बीबीसीका अनुसार भारतमा एक सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये चार जनाको मृत्यु भएको छ। भारतमा दिल्ली, कर्नाटक, महाराष्ट्र र पन्जाब राज्यमा कोरोना संक्रमितको ज्यान गएको छ। यस्तै, २० जना उपचारपछि सन्चो भएर घर फर्किएका छन्।

भारतमा सबैभन्दा बढी महाराष्ट्रमा संक्रमित देखिएका छन्। बीबीसीका अनुसार महाराष्ट्रमा ४४ जनामा संक्रमण पुष्टि भएको छ।

कुन राज्यमा कति ?

राज्य संक्रमित मृत्यु

आन्द्र प्रदेश २ –

छत्तीसगढ १ –

दिल्ली १७ १

गुजरात २ –

हरियाना १७ –

कर्नाटक १५ १

केरला २८ –

महाराष्ट्र ४७ १

ओडिसा १ –

पुडुचेरी १ –

पन्जाब २ १

राजस्थान ७ –

तमिलनाडु ३ –

तेलंगाना १६ –

युनियन टेरिटोरी अफ छत्तीसगढ १ –

युनियन टेरिटोरी अफ जम्मु–कश्मिर ४ –

युनियन टेरिटोरी अफ लद्दाख १० –

उत्तर प्रदेश १९ –

उत्तराखन्ड १ –

वेस्ट बंगाल १ –

स्रोत : बीबीसी