२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीले भाइरल अडियो प्रकरणमा अनुसन्धान थाल्यो



अ+ अ-

काठमाडौं । सामाजिक सन्जालमा कोरोना भाइरस नेपालमा भित्रिइसकेको भनेर भाइरल भइरहेको एक अडियोको विषयमा नेपाल प्रहरीले अनुसन्धान थालेको छ । उक्त भाइरल भइरहेको अडियोको विषयमा प्रहरीको साइबर व्यूरोले अनुसन्धान थालेको हो ।

प्रहरीका केन्द्रीय प्रवक्ता शैलेस थापा क्षेत्रीका अनुसार प्रहरी प्रधान कार्यालयले प्रहरीको साइबर व्यूरोलाई भाइरल अडियोको बारेमा अनुसन्धान सुरु भईहेको जनाएको छ । उनले यस्ता गलत हल्ला फैलाउने व्यक्तिलाई कारबाही हुने चेतावनी दिए ।

हाल सामाजिक सन्जालमा भाइरल भइरहेको एक अडियो क्लिपमा एक व्यक्तिले नेपालमा कोरोना भाइरस भित्रिइसकेको भनेका छन् ।

नेपाल प्रहरीको साइबर व्यूरोका एसएसपी नविन्द अर्यालले पनि सो अडियोबारे अनुसन्धान भइरहेको बताए । ‘त्यसको प्राविधिक पाटोबारे हामीले अध्ययन गरिरहेका छौं,’ उनले भने ।

सरकारले कोरोना भाइरसबारे गलत सूचना प्रवाह नगर्न र गरेमा कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिँदै आएको छ ।