१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीश नेतृत्वको टोली बङ्गलादेश प्रस्थान



अ+ अ-

काठमाडौँ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको भ्रमण टोली आज  बङ्गलादेश प्रस्थान गरेको छ ।

बङ्गलादेशका प्रधानन्यायाधीश डा सैयद रेफत अहमदको मैत्रीपूर्ण निमन्त्रणामा बङ्गलादेशको सर्वोच्च अदालतको अवलोकन भ्रमणका लागि टोली त्यहाँ जानुभएको हो । प्रधानन्यायाधीश नेतृत्वको टोली कात्तिक १८ गतेसम्म त्यहाँ रहनेछ ।

भ्रमण दलमा प्रधानन्यायाधीशसहित अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश विनोद शर्मा र मुख्य रजिस्ट्रार विमल पौडेल रहनुभएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिनुभयो ।रासस