२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपतिका सहयोगीमा ‘कोरोना पोजेटिभ’ भेटियो



अ+ अ-

काठमाडौं । कोरोनाभाइरसले विश्वकै सुरक्षित मध्येकोक एक अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसलाई छोडेन । यहाँका एक अधिकारीलाई कोरोनाभाइरस पोजेटिभ पाइएको छ ।

यसको खुलासापछि अमेरिकामा हल्लीखल्ली मच्चिएको छ । अब उनी ह्वाइट हाउसमा कस कससँग सम्पर्कमा आएका थिए भन्ने बारेमा जाँच सुरु भएको छ । यद्यपी राष्ट्रपति डोनाल्ड ट्रम्प र उप राष्ट्रपति माइक पेन्स उक्त व्यक्तिको सम्पर्कमा नआएको जानकारी प्राप्त भएको छ ।

उप राष्ट्रपतिका प्रेस सचिव केटी मिलरले भने, ‘आज साँझ हामीलाई बताइयो कि उपराष्ट्रपतिका एक कर्मचारीमा पोजेटिभ पाइएको छ ।’

अब सवास्थ्य विभागको निर्देशिका अनुसार उक्त व्यक्ति कस कससँग सम्पर्कमा आएका थिए भन्ने बारेमा पत्ता लगाउने प्रयास भइरहेको छ । अमेरिकामा यो भाइरसका कारण हालसम्म २३० व्यक्तिको ज्यान गइसकेको छ ।

ह्वाइट हाउसले आफ्नो परिसरमा प्रवेशका लागि कडा निर्देशिका जारी गरेको छ । राष्ट्रपतिका डाक्टर र सेक्रेट सर्भिसका एजेन्टले ती व्यक्तिको तापमानको परीक्षण गरिरहेका छन् जो ह्वाइट हाउसमा प्रवेश गर्न चाहन्छन् ।

ह्वाइट हाउसको प्रेश ब्रिफिङ कक्षमा पनि बसाई व्यवस्थापनलाई फेरिएको छ । उचित दुरी कायम गर्नका लागि यसो गरिएको हो ।

पीटीआईका अनुसार अमेरिकामा शुक्रबार सम्म कोरोनाभाइरसबाट २३० व्यक्तिको मृत्यु भइसकेको छ । यहाँ यसबाट संक्रमित हुनेको संख्या १८००० पुगेको छ । यहाँ ५० घन्टाको अवधिमा १०००० मानिस कोरोनाको पोजेटिभ पाइएका छन् ।