२८ भाद्र २०८३, आईतवार
,
Latest
आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कन्चनपुरबाट आजै १३ हजार नेपाल भित्रिए, के सबै नेपाली हुन् ?



अ+ अ-


कैलाली । शनिबारको समाचारअनुसार भारतका विभिन्न २० राज्यमा कोरोनाको संक्रमण देखिएको छ । यस समाचारबाट भारतमा ठूलो हलचल मच्चिएको समाचार भारतीय टिभीहरुले दिइरहेका छन् ।
यसैक्रममा भारतमा कोरोनाको संक्रमणको त्रास बढ्न थालेपछि त्यहाँ रहेका नेपालीहरू धमाधम घर फर्किन थालेका छन् । उनीहरु धमाधम नेपाल फर्किके क्रममा नेपालका विभिन्न नाकाहरुमा ठूलो भीडभाड लाग्न थालेको छ । नाकाहरुमा बडो डरलाग्दोगरी ह्वात्तै भीड बढेको समाचारमा जनाइएको छ ।
कञ्चनपुरको गड्डाचौकी नाकाबाट शनिबार प्राप्त समाचारअनुसार ठूलो संख्याका मानिस नेपाल छिरेका छन् । यहाँबाट आजै मात्र ६ घण्टामा १३ हजार मानिस नेपाल छिरेका बताइएको छ । उक्त अवस्थाको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले पनि आज उक्त स्थानको स्थलगत निरीक्षण गरेको बताइएको छ ।
भारत सरकारले त्यहाँ आइतबारलाई नागरिक कफ्र्यू भनी घोषणा गरेको छ । कोरानाको संक्रमण फैलिन थालेसँगै रोजगारी बन्द हुने अवस्था देखिएपछि संक्रमणबाट जोगिन नेपालीहरु धमाधम घर फर्किन थालेका हुन् ।
कञ्चनपुरको गड्डाचौकी नाका भएर ६ घण्टामा १३ हजार भन्दा बढी नेपाली घर फर्किएको क्वारेन्टाइनले जनाएको छ । शनिबार बिहान हजारौँको संख्यामा नेपालीहरू घर फकिँदा सीमामा रहेको हेल्थ डेस्कका कर्मचारीहरुलाई सम्हाल्नै गाह्रो परिरहेको छ ।
शनिबार बिहान भारतबाट फर्किनेको भीडले गड्डाचौकी नाकामा सवारी साधन ठप्प भएका थिए । बिहान ६ बजेदेखि ११ बजेसम्म करिब १३ हजार मानिस नेपाल प्रवेश गरेका हुन् ।
यतिबेला सुदूरपश्चिमका नागरिकहरूको महत्त्वपूर्ण चाड बिसुपर्व आउन लागेको छ । अबको तीनसाता पछि आउने सो चाडका लागि नेपाल आएको बताए पनि यो समयमा यति ठूलो संख्यामा भने यहाँबाट मानिस भित्रिने गर्दैनथे ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शनिबारदेखि गड्डाचौकी बाहेकका अन्य साना नाकाहरू बन्द गरेको जनाएको छ । गड्डाचौकीबाट पनि भारत नजान आग्रह गरिएको भए पनि उता जाने क्रम पनि जारी नै छ ।
यहाँको स्थानीय प्रशासनले भारतबाट आएका सबैको नाम र ठेगाना संकलन गर्ने काम भइरहेको बताएको छ । तर पनि त्यो काम अब सम्भव नहुने धेरैको भनाई छ । ‘भारतमा त्रास छ । उद्योग कलकारखाना सबै बन्द भए’ त्यसैले हामी घर फर्र्किएका हौँ, नाम बताउन नचाहने एकजना नेपालीले भने ।
तर डरलाग्दो कुरा त के छ भने यसरी नेपाल प्रवेश गर्नेमा नेपाली मात्र छन् कि भारतीय पनि छन् भन्ने हो । भारतमा शनिबार सम्ममा विभिन्न २० राज्यमा सयौँको संख्यामा कोरोनाका संक्रमित भेटिएका छन् । नेपाल प्रवेश गर्नेमा केही भारतीय नागरिकसमेत रहेकाले उनीहरुबाट नेपालमा संक्रमण बढ्ने हो कि भन्ने आशंका जन्मिएको छ । तर यता सरकारले आन्तरिक आवतजावत पनि बन्द गर्ने र २५ जनाभन्दा बढी जम्मा हुन पनि नदिने । तर उताबाट भने यसरी हजारौँको संख्यामा मानिसहरु एकै ठाउँबाट नेपाल आइरहेकोले यसबाट समस्या उत्पन्न हुनसुक्ने कतिपयको विश्लेषण छ ।