९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिग–२ः अमेरिकासँग नेपाल चार विकेटले पराजित



अ+ अ-

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईमा जारी एकदिवसीय शृङ्खलामा नेपाल अमेरिकासँग पराजित भएको छ ।

भर्खरै सम्पन्न खेलमा नेपाल चार विकेटले पराजित भएको हो । नेपालले दिएको २७२ रनको लक्ष्य अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । नेपालका बलर नन्दव यादव महँगा सावित भए ।

अमेरिकालाई १२ बलमा १६ रनको आवश्यक थियो । यादवले दुई वाइडसहित दुई छक्का खाए । यस्तै, तीन रन खर्चिएपछि अमेरिकाले खेल जित्न अन्तिम ओभर कुर्नुपरेन ।

अमेरिकाका लागि सैतेजा मुक्कामल्लले ७५, मिलिन्द कुमारले ७० रनको योगदान दिए । यस्तै, शयान जहांगिरले ३६, मोनांक पटेलले २१ रन जोड्दा शुभम रन्जानेले १९ रन बनाए । यसैगरी सन्जय कृष्णमुर्ती १५ तथा हरमित सिंह १३ रनमा अविजित रहे ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन तथा नन्दन यादव, करण केसी र गुलशन झाले एक–एक विकेट लिए ।

त्यसअघि दुबईस्थित आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा अलआउट हुँदै २७१ रन जोड्यो ।

नेपालका दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ७५ रनको योगदान दिए । यस्तै, करण केसीले ४९, कुशल भुर्तेलले ४७, भिम सार्कीले ४३, रोहित पौडेलले ३६ रनको योगदान दिए ।

बलिङतर्फ अमेरिकाका हरमित सिंहले तीन, सौरभ नेत्रवल्कर र नोस्थुक केन्जिगेले दुई–दुई तथा जसदिप सिंह र शुभम रन्जानेले एक–एक विकेट लिए ।

जारी शृङ्खलामा नेपालको यो तेस्रो पराजय हो । नेपाल पहिलो खेलमा अमेरिकासँग १०६ रन र दोस्रो खेलमा यूएईसँग पाँच विकेटले पराजित भएको थियो ।