२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिग–२ः अमेरिकासँग नेपाल चार विकेटले पराजित



अ+ अ-

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईमा जारी एकदिवसीय शृङ्खलामा नेपाल अमेरिकासँग पराजित भएको छ ।

भर्खरै सम्पन्न खेलमा नेपाल चार विकेटले पराजित भएको हो । नेपालले दिएको २७२ रनको लक्ष्य अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । नेपालका बलर नन्दव यादव महँगा सावित भए ।

अमेरिकालाई १२ बलमा १६ रनको आवश्यक थियो । यादवले दुई वाइडसहित दुई छक्का खाए । यस्तै, तीन रन खर्चिएपछि अमेरिकाले खेल जित्न अन्तिम ओभर कुर्नुपरेन ।

अमेरिकाका लागि सैतेजा मुक्कामल्लले ७५, मिलिन्द कुमारले ७० रनको योगदान दिए । यस्तै, शयान जहांगिरले ३६, मोनांक पटेलले २१ रन जोड्दा शुभम रन्जानेले १९ रन बनाए । यसैगरी सन्जय कृष्णमुर्ती १५ तथा हरमित सिंह १३ रनमा अविजित रहे ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन तथा नन्दन यादव, करण केसी र गुलशन झाले एक–एक विकेट लिए ।

त्यसअघि दुबईस्थित आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा अलआउट हुँदै २७१ रन जोड्यो ।

नेपालका दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ७५ रनको योगदान दिए । यस्तै, करण केसीले ४९, कुशल भुर्तेलले ४७, भिम सार्कीले ४३, रोहित पौडेलले ३६ रनको योगदान दिए ।

बलिङतर्फ अमेरिकाका हरमित सिंहले तीन, सौरभ नेत्रवल्कर र नोस्थुक केन्जिगेले दुई–दुई तथा जसदिप सिंह र शुभम रन्जानेले एक–एक विकेट लिए ।

जारी शृङ्खलामा नेपालको यो तेस्रो पराजय हो । नेपाल पहिलो खेलमा अमेरिकासँग १०६ रन र दोस्रो खेलमा यूएईसँग पाँच विकेटले पराजित भएको थियो ।