१२ असार २०८३, शुक्रबार
,
Latest
काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेक अडियो प्रवाह गरेकाे आराेपमा थापा पक्राउ



अ+ अ-

काठमाडाैंः

नेपाल प्रहरीकाे साइबर अनुसन्धान टिमले विश्वभर नै आतंक सिर्जना गरिरहेकाे काेराेना भाइरससँग सम्बन्धित एउटा गलत सूचना फेसबुकबाट सार्वजनिक गरेकाे आराेपमा रामेछाम घर भइ हाल भक्तपुरकाे सिपाडाेलमा बस्दै आएका २० वर्षीय विवेक थापा मगरलाइ पक्राउ गरेकाे छ । उनले पाेस्ट गरेकाे अडियाे सन्देश सामाजिक संजालमा भाइरल बनेकाे थियाे, जुन विल्कुलै असत्य थियाे ।

एउटा अनलाइन पनि चलाउने विवेकले आखिर के लेखेका थिए, अडियाेमा के भनेका थिए ?

शुक्रबार राति १० बजे थापाले फेसबुकमा आफैंले चलाएकाे झाेर्लेन्युज डट कम नामकाे वेबसाइटकाे समाचारको लिंक सेयर गर्दै स्टाटस पोस्ट गरेका थिए जसमा लेखिएकाे थियाे, “नेपालमा कोरोनाको महामारी फैलिसके पनि सरकारले, किन लुकाए यस्तो खबर । तल दिएको अडियो सुन्नुहोला … अनिवार्य ।”

अडियाेमा उनले नर्भिक अस्पतालमा काेराेना भाइरसबाट ६ जनाकाे मृत्यु भइसकेकाे बताएका थिए । नर्भिक अस्पतालले उक्त सन्देशकाे खण्डन गरेकाे थियाे ।

वेबसाइटमा राखिएको अडियो क्लिपसहितको समाचारको लिंक सेयर गरेका विवेककाे अडियो क्लिप भाइरल भएकाे थियाे । यसलाइ हजाराैंले शेयर गर्नुका साथै ग्रुप मेसेन्जर, भाइबर र ह्वाट्सएप ग्रुपमा सेयर गरिएकाे थियाे ।