२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेक अडियो प्रवाह गरेकाे आराेपमा थापा पक्राउ



अ+ अ-

काठमाडाैंः

नेपाल प्रहरीकाे साइबर अनुसन्धान टिमले विश्वभर नै आतंक सिर्जना गरिरहेकाे काेराेना भाइरससँग सम्बन्धित एउटा गलत सूचना फेसबुकबाट सार्वजनिक गरेकाे आराेपमा रामेछाम घर भइ हाल भक्तपुरकाे सिपाडाेलमा बस्दै आएका २० वर्षीय विवेक थापा मगरलाइ पक्राउ गरेकाे छ । उनले पाेस्ट गरेकाे अडियाे सन्देश सामाजिक संजालमा भाइरल बनेकाे थियाे, जुन विल्कुलै असत्य थियाे ।

एउटा अनलाइन पनि चलाउने विवेकले आखिर के लेखेका थिए, अडियाेमा के भनेका थिए ?

शुक्रबार राति १० बजे थापाले फेसबुकमा आफैंले चलाएकाे झाेर्लेन्युज डट कम नामकाे वेबसाइटकाे समाचारको लिंक सेयर गर्दै स्टाटस पोस्ट गरेका थिए जसमा लेखिएकाे थियाे, “नेपालमा कोरोनाको महामारी फैलिसके पनि सरकारले, किन लुकाए यस्तो खबर । तल दिएको अडियो सुन्नुहोला … अनिवार्य ।”

अडियाेमा उनले नर्भिक अस्पतालमा काेराेना भाइरसबाट ६ जनाकाे मृत्यु भइसकेकाे बताएका थिए । नर्भिक अस्पतालले उक्त सन्देशकाे खण्डन गरेकाे थियाे ।

वेबसाइटमा राखिएको अडियो क्लिपसहितको समाचारको लिंक सेयर गरेका विवेककाे अडियो क्लिप भाइरल भएकाे थियाे । यसलाइ हजाराैंले शेयर गर्नुका साथै ग्रुप मेसेन्जर, भाइबर र ह्वाट्सएप ग्रुपमा सेयर गरिएकाे थियाे ।