१० श्रावण २०८३, आईतवार
,
Latest
भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने भारत र बंगलादेश नेपालसँग बिजुली किन्न आतुर छन्, हामीले उत्पादन गर्न सकेका छैनौँः उपेन्द्र यादव संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै भदौ अन्तिम सातादेखि आन्दोलन गर्ने प्रजातान्त्रिक पार्टी नेपालको… सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवका लागि फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर थानाभर्‍याङ क्षेत्रमा पुरुष मृत अवस्थामा फेला जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव मोबाइल नदिएको निहुँमा साथीको हत्या झापामा गत आवमा ३९३ लागुऔषधका मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते



अ+ अ-

टक्सार । षडानन्द नगरपालिका–४ मा आज भएको ट्याक्टर दुर्घटनामा दुईको मृत्युु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

चाम्लादाङबाट दिङ्लातर्फ आउँदै गरेको प्रदेश नं १–०२–००३ त १२१३ नम्बरको काठ बोकेको ट्याकटर दुर्घटना हुँदा षडानन्द नगरपालिका–४ केराबारीका २५ वर्षे ट्याक्टर चालक आइतबहादुर तामाङ र अरुण गाँउपालिका–४ चरम्बीका १७ वर्षे नविन तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख राजु लामाले जानकारी दिनुभयो ।

दुर्घटनामा परी घाइते हुनेमा १९ वर्षे दाछिरि शेर्पा, २३ वर्षे अम्बर तामाङ, १८ वर्षे सागर तामाङ र १८ वर्षे सुनिता तामाङ हुनुहुन्छ । उहाँहरुको दिङ्ला नगर अपस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।




भर्खरै