काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ ।
शनिवार बिहान साढे १२ बजेबाट भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बैठक शुरु भएको हो ।
बैठकमा पछिल्लो राजनीतिक समसामयिक विषय, निर्वाचन, प्रतिनिधि सभा पुनःस्थापना, जेन जी, सरकार र राजनीतिक दलहरुसँग भएको वार्ता, नेकपा (एकीकृत समाजवादी)का नेता, कार्यकर्ताहरुलाई पार्टीमा फर्किन आह्वान गर्ने लगायतका विषयहरुमा छलफल हुनेछ ।
साथै पार्टीको महाधिवेशन कार्यसूचिबारे पनि छलफल हुने पार्टीले बताएको छ ।









