६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाविरुद्ध नेपालः आसिफ आउट, कुशल र भिम क्रिजमा



अ+ अ-

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईमा जारी एकदिवसीय शृङ्खलामा अमेरिकाविरुद्धको खेलमा नेपाललाई सुरुआतमै झट्का लागेको छ ।

दुबईस्थित आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पहिलो विकेटका रुपमा आसिफ शेख आउट भएका छन् । उनलाई दोस्रो ओभरको दोस्रो बलमा नोस्तुस केन्जिजले बोल्ड गरे ।

अहिले कुशल भुर्तेल र भिम सार्की क्रिजमा छन् । ताजा स्थितीमा नेपालले १० ओभरमा १ विकेट गुमाएर ५० रन जोडेको छ ।

आजको खेलमा नेपालले सोमपाल कामीको स्थानमा नन्दन यादवलाई मौका दिएको छ । जारी शुङ्खलामा नेपालले खेलेका दुवै खेलमा पराजित भएको छ । नेपाल पहिलो खेलमा अमेरिकासँग १०६ रन र दोस्रो खेलमा यूएईसँग पाच विकेटले पराजित भएको थियो ।

नेपालको प्लेइङ–११ मा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, करण केसी, सन्दीप लामिछाने, नन्दन यादव र ललित राजवंशी छन् ।