३० श्रावण २०८३, शनिबार
,
Latest
निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाविरुद्ध नेपालः आसिफ आउट, कुशल र भिम क्रिजमा



अ+ अ-

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईमा जारी एकदिवसीय शृङ्खलामा अमेरिकाविरुद्धको खेलमा नेपाललाई सुरुआतमै झट्का लागेको छ ।

दुबईस्थित आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पहिलो विकेटका रुपमा आसिफ शेख आउट भएका छन् । उनलाई दोस्रो ओभरको दोस्रो बलमा नोस्तुस केन्जिजले बोल्ड गरे ।

अहिले कुशल भुर्तेल र भिम सार्की क्रिजमा छन् । ताजा स्थितीमा नेपालले १० ओभरमा १ विकेट गुमाएर ५० रन जोडेको छ ।

आजको खेलमा नेपालले सोमपाल कामीको स्थानमा नन्दन यादवलाई मौका दिएको छ । जारी शुङ्खलामा नेपालले खेलेका दुवै खेलमा पराजित भएको छ । नेपाल पहिलो खेलमा अमेरिकासँग १०६ रन र दोस्रो खेलमा यूएईसँग पाच विकेटले पराजित भएको थियो ।

नेपालको प्लेइङ–११ मा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, करण केसी, सन्दीप लामिछाने, नन्दन यादव र ललित राजवंशी छन् ।