१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेन्झाउ–२१ अन्तरिक्ष यात्रीहरू अन्तरिक्ष स्टेशनमा प्रवेश



अ+ अ-

एजेन्सी । चीनको शेन्झाउ–२१ अन्तरिक्ष यानमा सवार तीन अन्तरिक्ष यात्रीहरू शनिवार बिहान देशको अन्तरिक्ष स्टेशनमा प्रवेश गरेका छन् । चाइना म्यान्ड स्पेस एजेन्सीकाअनुसार शेन्झाउ–२० चालक दलले बिहान ४ः५८ बजे (बेइजिङ समय) ह्याच खोल्यो । नयाँ आगमनहरूलाई स्वागत गरेको छ ।

त्यसपछि ६ जना चालक दलका सदस्यहरूले चीनको एयरोस्पेस इतिहासमा सातौं अन्तरिक्ष भेलाको लागि समूहिक तस्बिर खिचेका छन् । योजनावद्ध कार्यहरू र हस्तान्तरण कार्य पूरा गर्न तिनीहरू लगभग पाँच दिनसम्म सँगै बस्ने र काम गर्ने जनाएको छ ।