३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

रोकियो उपत्यकाको फोहर व्यवस्थापन

रोकियो उपत्यकाको फोहर व्यवस्थापन
फाईल फोटो
अ+ अ-

काठमाडौँ: पटकपटक रोकिँदै आएको काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन पुनः रोकिएको छ । अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडा आसपासका जनप्रतिनिधि र बासिन्दाको अवरोधका कारण उपत्यकाको फोहर व्यवस्थापन पुनः रोकिएको हो ।

यसअघि कामपासँग भएको सहमति कार्यान्वयन नभएको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका बासिन्दाले अवरोध गरेकाले उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन हुन नसकेको कामपा वातावरण व्यवस्थापन विभागको प्रमुख सरिता राईले जानकारी दिनुभयो ।

अन्तिम फोहर व्यवस्थापनस्थलमा फोहर व्यवस्थापन हुन नसकेकाले घरको फोहर घरमै राख्न उहाँले सबै नगरवासीलाई आग्रह गर्नुभयो । विसं २०७९ जेठ २६ गते उक्त क्षेत्रका जनप्रतिनिधि र स्थानीयवासीसँग कामपा नेतृत्वले १८ बुँदे सहमति गरेको थियो । महानगरप्रमुख बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोलसहितको टोलीले उक्त सहमति गरेको थियो ।

सहमतिका बुँदाहरूमा कामपाले निश्चित समय सीमाभित्र प्रभावित क्षेत्रको भौतिक तथा सामाजिक विकासमा सहयोग गर्ने र दीर्घकालीन रूपमा वातावरणीय सुधार गर्ने प्रतिबद्धता जनाइएको थियो ।

उक्त प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै अहिले फोहर व्यवस्थापन कार्य रोकिएको हो । यसरी फोहर व्यवस्थापन कार्य रोकिँदा समस्या आउन सक्ने भन्दै कामपाले अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण नगरवासीले आफ्नो घरबाट निष्केका फोहर सडकमा यत्रतत्र नफाली घर कम्पाउण्मा सुरक्षित तबरले राख्न अनुरोध गरेको छ ।

सहमतिअनुसार फोहरको दुर्गन्ध व्यवस्थापन गर्ने कार्य एक महिनाभित्र तथा फोहरबाट निस्कने लिच्चड खोलामा नमिसाउने गरी दुई महिनाभित्र वैज्ञानिक व्यवस्थापन गर्नुपर्ने थियो । साथै, फोहर बोक्ने गाडीबाट बाटोमा लिच्चड नचुहिने व्यवस्था मिलाउने प्रतिबद्धता एक महिनाभित्रै पूरा गर्नुपर्ने थियो । यी आधारभूत वातावरणीय सुधारहरू नभएको स्थानीयवासीको भनाइ छ ।

भौतिक पूर्वाधारतर्फ महानगरले दीर्घकालीन रूपमा फोहर ढुवानीका लागि आवश्यक पूर्वाधार, बस्ती तथा बाटोको निर्माण र व्यवस्था तीन महिनाभित्र गरिसक्ने प्रतिबद्धता गरेको थियो । साथै, फोहर विसर्जनस्थल र फोहर लैजाने बाटोमा उत्पन्न हुने पहिरो नियन्त्रणको कार्य प्राथमिकताका साथ गर्ने र तीनपानेबाट बञ्चरेडाँडासम्मको सडकको जग्गाको लगत कायम गर्न पहल गर्ने बुँदाहरू समावेश थिए । सहमतिमा फोहरलाई स्रोतमा वर्गीकरण गरी नकुहिने फोहर मात्रै लैजाले कुहिने फोहर कामपामा व्यवस्थापन गन सहमतिरमा उल्लेख थियो ।रासस