२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई टुक्रा भयो एकीकृत समाजवादी, माधव नेपाल माओवादीतिर लाग्दा झलनालले नयाँ पार्टी खोल्ने



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी दुई टुक्रा भएको छ । चार वर्षअघि नेकपा एमालेसँग विभाजित भएर बनेको एकीकृत समाजवादी पार्टी माओवादीसहितका शक्तिहरूसँग एकता गर्ने विषयको विवादले फुटेको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटी बैठकमा बहुमतका आधारमा माओवादी केन्द्रसहितका शक्तिहरूसँग एकता गर्ने निर्णय गराएका छन् । तर सम्मानित नेता झलनाथ खनालसहितका नेताहरुले त्यसमा विमति राखेका छन् ।

सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भूसाल लगायतले यथास्थितिमा एकता गर्न नसकिने अडान लिएका थिए ।

केन्द्रीय कमिटीपछि खनालले पनि पार्टी विभाजन भएको बताएका छन् । ‘एमालेसँगको विद्रोहको औचित्य पुष्टि नगर्दै पार्टीलाई मओवादीमा लैजाने जबर्जस्ती निर्णय गरियो,’ खनालले भने ‘पार्टीलाई बिसर्जन गरियो ।’ पार्टी पुनर्गठनका लागि अब नेताहरुसँग छलफल गर्ने र कानुनी प्रक्रियामा जाने पनि खनालले बताए ।

खनालले आफूसहित ठूलो संख्यामा नेता तथा कार्यकर्ता माओवादीमा नजाने बताइसकेका छन् । उनले माधव नेपालले गैरजिम्मेवारीपूर्ण निर्णय गरेकाले अब आफूहरुले नयाँ पार्टी खोल्ने पनि जानकारी दिएका छन् ।

नेपालमा क्रान्तिकारी समाजवादी पार्टीको आवश्यकता रहेकाले आफूहरुले अब त्यस्तै पार्टी बनाउने घोषणा उनले गरेका छन् ।

खनाल निकटका केही नेताहरु भने अहिले एमालेसँग पनि सम्पर्कमा छन् । उनीहरुले खनाललाई एमालेविरुद्ध चर्को नबोल्ने सुझाव दिइरहेका छन् । यही बीचमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुरानै घरमा फर्कन आह्वान गरेका छन् ।

खनालले भने एमाले अध्यक्ष ओलीको आह्वान ठीकै भएकाले त्यसलाई धन्यवाद दिएका छन् । तर उनले अहिले नै एमालेमा जानेबारे कुनै निर्णय नगरेको बताए । परिस्थिति फरक रहेकाले एउटा क्रान्तिकारी कार्यदिशा, नीति, सिद्धान्त, कार्यक्रमका आधारमा नयाँ पार्टी नै बताउने उनको भनाइ छ ।