१० श्रावण २०८३, आईतवार
,
Latest
भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने भारत र बंगलादेश नेपालसँग बिजुली किन्न आतुर छन्, हामीले उत्पादन गर्न सकेका छैनौँः उपेन्द्र यादव संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै भदौ अन्तिम सातादेखि आन्दोलन गर्ने प्रजातान्त्रिक पार्टी नेपालको… सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवका लागि फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर थानाभर्‍याङ क्षेत्रमा पुरुष मृत अवस्थामा फेला जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव मोबाइल नदिएको निहुँमा साथीको हत्या झापामा गत आवमा ३९३ लागुऔषधका मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन–जी आन्दोलनका शहीद परिवारको मागः रोजगारी, निःशुल्क शिक्षा र उपचार सुनिश्चित गरियोस्



अ+ अ-

काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारले सरकारसँग रोजगारी, निः शुल्क शिक्षा र उपचारको माग गरेका छन् ।

शुक्रवार सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटेर जेन—जी परिवारका सदस्यहरुले यस्तो माग राखेका हुन् । जेन—जी आन्दोलनका शहीदहरुको तस्बिर राजपत्रमा प्रकाशन गर्नुपर्ने पनि उनीहरुको माग छ । गृहमन्त्रीसँगको भेटपछि एकजना शहीदका आफन्तले शहीदका परिवारलाई निःशुल्क शिक्षा र स्वास्थ्य तथा रोजगारी उपलब्ध गराउनुपर्ने बताउनु भयो । शहीदहरुको शालिक निर्माण गर्नुपर्ने पनि उहाँको माग छ ।

उहाँले भन्नुभयो, ‘अब हामी शहीद परिवारको माग के छ भने रोजगारी, शिक्षा, स्वास्थ्यको प्रबन्ध गरियोस् । सरकारसँग हामीले यही माग गरिरहेका छौं । आश्वासन त सरकारको तर्फबाट सबैले राम्रै दिइरहनुभएको छ । तर हुने कहिले हो ? जेनजी आन्दोलनका शहीदहरुको नाम राजपत्रमा निकाल्नुप¥यो । शहीदहरुको शालिकहरु निर्माण गर्नुप¥यो ।’ 

उहाँहरुले सरकारले जेनजीका मागअनुसार भ्रष्टाचारको अन्त्य गर्नुपर्ने पनि बताउनु भयो । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा देशभर ७२ जनाले ज्यान गुमाएका थिए भने २ हजार ३१६ जना घाइते भएका थिए ।




भर्खरै