२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्ताङको हिडन भ्यालीमा हिमपातमा फसेका १५ जना पर्यटकको नेपाली सेनाद्वारा उद्धार



अ+ अ-

मुस्ताङ । मुस्ताङ जिल्लाको हिडन भ्याली क्षेत्रमा हिमपातमा फसेका तीन विदेशीसहित १५ जना पर्यटकलाई नेपाली सेनाको उद्धार टोलीले तीन दिनको अथक प्रयासपछि सुरक्षित रूपमा फेला पारेको छ ।

नेपाली सेनाको उच्च शिखर शिक्षालयबाट खटिएको उद्धार टोलीले करिब ४,९०० मिटर उचाइमा रहेको बतासेडाँडा क्षेत्रमा उनीहरूलाई कार्तिक १४ गते फेला पारेको हो । उद्धारपछि प्रारम्भिक स्वास्थ्य परीक्षण गरिएको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको सेनाले जनाएको छ ।

उनीहरूलाई सेनाको इन्द्रबक्स गण, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र गैरसैनिक पथप्रदर्शक (गाइड) सहितको संयुक्त उद्धार टोलीले जोमसोम ल्याउने कार्य जारी राखेको छ ।

हिडन भ्याली क्षेत्रमा परेको लगातार हिमपातका कारण ती पर्यटकहरू तीन दिनदेखि सम्पर्कविहीन भएका थिए । कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको भए पनि नेपाली सेनाको टोलीले लगातार प्रयास जारी राखी सफलतापूर्वक उनीहरूलाई उद्धार गरेको हो ।