४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

‘ए’ डिभिजन लिग गर्न खेलकुद मन्त्रालयद्वारा सरोकार पक्षसँग छलफल

‘ए’ डिभिजन लिग गर्न खेलकुद मन्त्रालयद्वारा सरोकार पक्षसँग छलफल
अ+ अ-

काठमाडौँ । नेपालको घरेलु फुटबलको शिर्ष लिग आयोजना गर्ने विषयमा युवा तथा खेलकुद मन्त्रालयले सरोकारवाला पक्षसँग छलफल गरेको छ ।

नेपाली घरेलु फुटबलको सहिद स्मारक ‘ए’ डिभिजन लिग दुई वर्षदेखि रोकिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले होम एन्ड अवे फरम्याटमा आगामी पुष ९ गतेदेखि शिर्ष डिभिजन लिग गर्ने प्रश्ताव गर्दै आएको छ । तर १४ वटा क्लवहरूमध्ये धेरैले समय अभाव हुने र आवश्यक प्रायोजक पनि नपाएकाले तत्काल लिग खेल्न नसकिने धारणा राख्दै आएका छन् । यसैले एन्फाले प्रश्ताव गरेको समयमा लिग नहुने भन्दै फुटबल समर्थकले चिन्ता व्यक्त गरिरहेका छन् । बिहीवार खेलकुद मन्त्रालयले एन्फा र क्लबहरूसँग लिग आयोजना गर्ने विषयमा छलफल गरेको हो ।

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङ, एन्फाका महासचिव किरण राई र विभिन्न क्लवका प्रतिनिधिबीच छलफल भएको छ । एन्फाका महासचिव राईले छलफलमा तत्कालीन र दीर्घकालसम्म नेपाली फुटबल अगाडि बढाउने राज्यले गर्नुपर्ने सहयोग र सहजीकरणका लागि मन्त्रालयको भूमिकाबारे छलफल भएको उल्लेख गरे । नेपाली फुटबल विकासका लागि राज्य हरेक किसिमको सहयोग र समन्वयनकारी भूमिका खेल्न तयार रहेको मन्त्री गुप्ताको धारणा आएको एन्फाका महासचिव राईको भनाइ छ । दीर्घकालीन रूपमा नेपाली फुटबल विकासका लागि कार्यदल निर्माण गरिएको राईले जानकारी दिए ।

एन्फाका कार्यकारी अधिकृत इन्द्रमान तुलाधार, मन्त्रालय र राखेपको पनि उक्त कार्यदलमा प्रतिनिधि रहेको एन्फाका महासचिव राईले उल्लेख गरेका छन् । उक्त समितिलाई पाँच दिनभित्र एउटा खाकासहित प्रतिवेदन मन्त्रालयमा पेश गर्ने जिम्मेवारी दिइएको छ । लिग आयोजना गर्न राज्यले एन्फा र क्लबहरूलाई आर्थिक सहयोग उपलब्ध गराउने विषयमा पनि छलफल भएको उनले उल्लेख गरेका छन् । साथै होम एन्ड अवेका अवधारणामा आयोजना गर्न लागिएको लिगका लागि क्लबहरूलाई राज्यको मातहतमा रहेका पूर्वधार उपयोग गर्ने विषयमा पनि छलफल भएको एन्फाका महासचिव राईले बताए ।

विदेशी खेलाडी भित्राउँदा उनीहरूको श्रम स्विकृतिलगायतमा मन्त्रालयले सहजीकरण गर्ने प्रतिबद्धता प्राप्त भएको छ । मन्त्रालयले एन्फाको काममा हस्तक्षेप गरेको भन्ने आरोपमा भने महासचिव राईले निराधार रहेको धारणा राखे । मन्त्री गुप्ताले आफू हस्तक्षेपभन्दा पनि प्रतियोगिता होस् भन्ने चाहनाअनुरूप छलफल अगाडि बढाएको धारणा राख्नुभएको एन्फाका महासचिव राईले उल्लेख गरेका छन् । क्लव र एन्फालाई परेको समस्यामा सहयोग गर्ने उद्देश्यलेअनुरूप मन्त्रालयले यो छलफल अगाडि बढाएको उनको धारणा छ ।

कम्तीमा ५० दिनभित्र लिग सञ्चालन गर्नेगरी छलफtल भएको र त्यसमा क्लवहरू पनि तयार रहेको छलफलमा कुरा आएको उनको भनाइ छ । आफूहरू लिग गर्न तयारी नै रहेको र तर सँगै क्लबलाई पनि अगाडि लिएर लिग गर्न एन्फाको चाहना रहेको महासचिव राईले बताएका छन् । उनले एन्फालाई मन्त्रालय र राखेपका सहयोग आवश्यक रहेको अवस्थामा अविभावकीय संस्थाले चासो दिनु सुखद् पक्ष रहेको धारणा राखेका छन् । एन्फाको असक्षमताभन्दा पनि मन्त्रालयले सहयोग गर्न खोजेको र आफूहरूले सहयोग लिन चाहेकाले यो छलफल भएको महासचिव राईको भनाइ छ ।

एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले एन्फाको क्षेत्राधिकारमा मन्त्रालयले हस्तेक्षप गरेको भन्दै विरोध जनाएका छन् । ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पाका अध्यक्षसमेत रहेका शेर्पा उक्त छलफलमा समेत सहभागी भएनन् । मच्छिन्द्र क्लवका अध्यक्ष अनिल श्रेष्ठले भने सबै क्लबहरू लिग खेल्न तयार रहेको र तर तयारी गर्न समय कम भएको मात्र आफूहरूले उल्लेख गरेको बताएका छन् । उनले रेलिगेसन बचाउनका लागि नै दुई करोड खर्च हुने भएकाले कम्तीमा आफूहरूलाई ८÷९ महिना समय आवश्यक पर्ने बताएका छन् ।

फुटबल खेलेरै क्लबहरूले आम्दानी गरिरहेको उल्लेख गर्दै उनले आफूहरू जुनसुकै अवस्थामा लिग खेल्न तयारी रहेको मच्छिन्द्रका अध्यक्ष श्रेष्ठ बताउँछन् । क्लव होम एण्ड अवेका आधारमा खेल्न तयार रहेको तर त्यसका लागि दीर्घकालीन योजना र समय आवश्यक रहेको उनले बताएका छन् ।

गत वर्ष मात्र ‘बी’ डिभिजन लिगको साइकल पूरा भएको थियो । यहाँबाट श्री भगवती तथा प्लानिङ ब्वाइज क्लब शीर्ष डिभिजनमा बढुवा भए । एन्फाले अन्तिमपटक ०७९ मा ‘ए’ डिभिजन लिग गरेको थियो । त्यसमा नवप्रवेशी चर्च ब्वाइज युनाइटेड लिग च्याम्पियन भयो । तर, त्यसपछि एन्फाको आन्तरिक राजनीतिमा लिग आयोजना परेका कारण लिग सञ्चालन हुन सकेको छैन ।