१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ भित्रिने मुख्य नाका बन्द



अ+ अ-

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने मुख्य नाका बन्द गरिएको छ ।

कोरोनाको सङ्क्रमण फैलिन नदिन जिल्ला र सहर सुरक्षित गर्ने नीति अन्तर्गत काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने मुख्य सात नाका बन्द गरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । चैत २१ सम्मका लागि नाका बन्द गरिएको हो ।

महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले कोरोना सङ्क्रमण फैलिन नदिन नागरिकलाई एक ठाउँबाट अर्को ठाउँमा जान नदिने उद्देश्यसहित सोमबार बिहान ७ बजेदेखि काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने मुख्य सात नाका बन्द गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार नागढुङ्गा, फर्पिङ, जगाते, साँखु, मड्कुभञ्ज्याङ, बालाजु बाइपास नाका बन्द गरिएको हो । अत्यावश्यक सेवाका सवारीसाधन बन्द गरिएका नाकाबाट सञ्चालन गर्न पाउने उहाँले स्पष्ट पार्नुभयो ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।